मंगलवार, भाद्र ३०,२०८३ 02:17:32
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 02:17:32
Bizshala
Global IME Bank Limited

रविन्द्र मिश्र, धवलसमशेर र स्वागत नेपालसहित ५ पक्राउ, नवराज सुवेदी घरमै नजरबन्द

रविन्द्र मिश्र, धवलसमशेर र स्वागत नेपालसहित ५ पक्राउ, नवराज सुवेदी घरमै नजरबन्द
New Office

काठमाण्डौ । सरकारले राजावादी आन्दोलनको अगुवाई गर्ने तथा शुक्रबार तीनकुनेको प्रदर्शनमा सक्रिय सहभागिता जनाउने नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।  

यो क्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ । 

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

उनीहरुलाई विभिन्न अस्पतालमा घाइते भई उपचार गराइरहेकाहरुलाई भेटेर फर्किने क्रममा प्रहरीले काठमाण्डौको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।  

प्रहरीले मिश्र र राणालाई शुक्रबारको घटनाबारे अनुसन्धानका लागि नियन्त्रण लिइएको प्रष्ट पारेको छ । शुक्रबार तीनकुनेमा हिंसा भड्किनु पछाडि मिश्र र राणाको समेत विशेष भूमिका रहेको प्रहरीको विश्लेषण छ ।  

यस्तै, राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई समेत प्रहरीले पक्राउ गरेको छ । 

नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो । स्वागत नेपाल पनि आन्दोलनमा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका थिए । सोही क्रममा प्रहरीले उनलाई पक्रेको हो ।  उनीसँगै सेफर्ड लिम्बु र सन्तोष तामाङ पनि पक्राउ परेका छन् । 

यसैबीच, राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी गौरीघाटस्थित घरमै नजरबन्दमा परेका छन् । उनलाई आफ्नै निवासमा सरकारले नजरबन्द गरेको स्रोतहरुको दाबी छ ।  

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई भने प्रहरी पक्राउ गर्न पुग्नुअघि नै भक्तपुरस्थित निवासबाट फरार छन् ।  

प्रहरीले राजावादी आन्दोलनमा सक्रिय अरु नेता तथा अगुवाहरुलाई समेत नियन्त्रण लिई अनुसन्धान गर्ने रणनीति बनाएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.