शनिबार, बैशाख ५,२०८३ 04:02:44
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:02:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शनिवार बिहानदेखि हट्यो कर्फ्यु, प्रहरी धरपकडले राजावादीको भागाभाग

Bizshala
शनिवार बिहानदेखि हट्यो कर्फ्यु, प्रहरी धरपकडले राजावादीको भागाभाग
Shivam Cement

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौको तीनकुने र आसपासको केही क्षेत्रमा लगाएको कर्फ्यु शनिवार बिहानदेखि स्थगन गरेको छ ।  

जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लागू कर्फ्यु आदेश शनिवार बिहान ७ बजेदेखि स्थगन भएको जनाएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रशासनले बानेश्वर तीनकुने क्षेत्रलाई मुख्य कर्फ्यु लाग्ने क्षेत्र तोकी त्यसका चारकिल्लामा समेत सोही आदेश लागू हुने बताइएको थियो । जसअनुसार गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, बानेश्वर चोकदेखि शंकमूल पुलसम्म तथा गौशाला चौकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चौकसम्म कर्फ्यु आदेश जारी गरिएकोमा आजबाट भने हटेको छ ।  

राजावादी प्रदर्शनकारीहरुले हिंसात्मक प्रदर्शन गरेपछि स्थितिलाई थप बिग्रिन नदिन स्थानीय प्रशासनले हिजो अपरान्ह ४ः१५ बजेदेखि कर्फ्यु लगाएको थियो । कर्फ्यु लागेपछि सडकमा सेना निस्किएर गस्ती गरेका थिए । 

CG Motors
Garima Development Bank
IME remit

कर्फ्यु लागेकै बेला सरकारले राजावादी आन्दोलनका केही अगुवाहरुलाई पक्राउ गरिसकेको छ । कमाण्डर भनिएका दुर्गा प्रसाई फरार छन् । कमाण्डर फरार भएपछि र अगुवाहरु पक्राउ परेपछि आन्दोलन मत्थर बन्ने अपेक्षा गरिएको छ । प्रहरी धरपकडले राजावादीहरुको भागदौड मच्चिएका कारण समेत अब थप प्रदर्शन नहुने निश्कर्षसहित कर्फ्यु आदेश स्थगन गरिएको बताइएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.