मंगलवार, चैत्र १९,२०८१ 11:08:09
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:08:09
IME remit
Global IME Bank Limited

शनिवार बिहानदेखि हट्यो कर्फ्यु, प्रहरी धरपकडले राजावादीको भागाभाग

Hyundai Nepal
शनिवार बिहानदेखि हट्यो कर्फ्यु, प्रहरी धरपकडले राजावादीको भागाभाग
Nabil Bank Limited

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौको तीनकुने र आसपासको केही क्षेत्रमा लगाएको कर्फ्यु शनिवार बिहानदेखि स्थगन गरेको छ ।  

जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लागू कर्फ्यु आदेश शनिवार बिहान ७ बजेदेखि स्थगन भएको जनाएको हो ।

Shivam Cement
Bizshala
CG Motors

प्रशासनले बानेश्वर तीनकुने क्षेत्रलाई मुख्य कर्फ्यु लाग्ने क्षेत्र तोकी त्यसका चारकिल्लामा समेत सोही आदेश लागू हुने बताइएको थियो । जसअनुसार गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, बानेश्वर चोकदेखि शंकमूल पुलसम्म तथा गौशाला चौकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चौकसम्म कर्फ्यु आदेश जारी गरिएकोमा आजबाट भने हटेको छ ।  

राजावादी प्रदर्शनकारीहरुले हिंसात्मक प्रदर्शन गरेपछि स्थितिलाई थप बिग्रिन नदिन स्थानीय प्रशासनले हिजो अपरान्ह ४ः१५ बजेदेखि कर्फ्यु लगाएको थियो । कर्फ्यु लागेपछि सडकमा सेना निस्किएर गस्ती गरेका थिए । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कर्फ्यु लागेकै बेला सरकारले राजावादी आन्दोलनका केही अगुवाहरुलाई पक्राउ गरिसकेको छ । कमाण्डर भनिएका दुर्गा प्रसाई फरार छन् । कमाण्डर फरार भएपछि र अगुवाहरु पक्राउ परेपछि आन्दोलन मत्थर बन्ने अपेक्षा गरिएको छ । प्रहरी धरपकडले राजावादीहरुको भागदौड मच्चिएका कारण समेत अब थप प्रदर्शन नहुने निश्कर्षसहित कर्फ्यु आदेश स्थगन गरिएको बताइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.