मंगलवार, आश्विन २७,२०८३ 07:07:57
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 07:07:57
Bizshala
Global IME Bank Limited

कर्पोरेट पे मा २० हजार भन्दा बढी संस्थाहरु आवद्ध, ७१४ अर्बमाथिको भुक्तानी कारोबार फर्छ्यौट

Bizshala
कर्पोरेट पे मा २० हजार भन्दा बढी संस्थाहरु आवद्ध, ७१४ अर्बमाथिको भुक्तानी कारोबार फर्छ्यौट
New Office

काठमाण्डौ । व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पे मा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कर्पोरेट पे मार्फत रु ७१४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको कम्पनीले जनाएको छ । जुन गत एक आर्थिक वर्षमा भएको रु ८०० अर्बको कारोबार तुलनामा बढी हो ।  

यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरुले डिजिटल भुक्तानीको लागि कर्पोरेट पे प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको कम्पनीले भनाई छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कर्पोरेट पे को मल्टी बैंकिङ डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेस्ले गर्दा प्रयोगकर्ताहरु उल्लेखनिय रुपमा वृद्धि भइरहेको कम्पनीको ठहर छ । उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्थाहरु, सरकारी तथा गैर–सरकारी संस्थाहरु, वित्तीय संस्थाहरु लगायत विभिन्न संस्थाहरुले प्रयोग गर्दै आइरहेका छन् । यस प्रणालीबाट फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क यूटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिकं गरी भुक्तानीका लागि आवश्यक अप्रेटिङ म्यान्डेटहरु सेट गरी फण्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ । सो प्रणालीमा रियल टाइममा प्रति कारोबार रु. १ करोड (सोही बैंक वित्तीय संस्था) तथा रु.२० लाख (अन्य बैंक वित्तीय संस्था) सम्म तथा नन्–रियल टाइम कारोबारको हकमा रु २० करोड सम्म कारोबार सिमा रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X