मंगलवार, चैत्र १९,२०८१ 11:40:06
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:40:06
IME remit
Global IME Bank Limited

राप्रपाका नेता राणा र मिश्रसहित ४१ जनालाई ५ दिन थप हिरासतमा राख्न अनुमति, स्वागत नेपाल रिहा

Hyundai Nepal
राप्रपाका नेता राणा र मिश्रसहित ४१ जनालाई ५ दिन थप हिरासतमा राख्न  अनुमति, स्वागत नेपाल रिहा
Nabil Bank Limited

काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शनमा दोषी भनी पक्राउ गरिएका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  

जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले राणा र मिश्रसहित ११ जनालाई थप ५ दिन हिरासमा राखी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको हो । 

Shivam Cement
Bizshala
CG Motors

राणा र मिश्रलाई चैत १५ गते राति नै सो तीनकुने घटनाका घाइतेहरुलाई अस्पतालमा गएर भेटिरहेको क्रममा प्रहरीले पक्राउ गरेको थियो । बाँकीलाई सोही रात राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।  उनीहरुविरुद्ध राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

यस्तै, अदालतले पक्राउ परेका अन्य ३० जनालाई चाहिँ आपराधिक उपद्रवसम्बन्धी अपराधमा ५ दिन हिरासतको अवधि थप्न अनुमति दिएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चैत १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शन भड्किएर हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । तीनकुने क्षेत्रका दर्जनौ निजी घर, पसल, व्यवसायिक मल, रेष्टुरा, सञ्चारगृह लगायतमा तोडफोड र आगजनी भएको थियो । अराजक समूहले राजधानीका विभिन्न स्थानका सरकारी कार्यालय, एकीकृत समावादीको पार्टी कार्यालय, सरकारी तथा निजी सवारी साधनमा समेत तोडफोड र आगजनी गरेको थियो ।  

यसैबीच, राजावादी आन्दोलनका प्रवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता स्वागत नेपाललाई भने प्रहरीले आज छाडेको छ । तीनकुने घटनामा उनको संलग्नता नदेखिएको र त्यहाँको प्रदर्शनमा सहभागी भएको प्रमाण समेत नभेटिएको भन्दै उनलाई छाडिएको हो । नेपाललाई पनि तीनकुने घटनाका घाइतेलाई भेट्ने क्रममै प्रहरीले चैत १५ गते राति नै पक्राउ गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.