काठमाण्डौ । भोलि अर्थात सोमबार सेयर बजार बन्द हुने भएको छ ।
सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार समेत बन्द हुने भएको हो ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको हो ।
सार्वजनिक विदा दिइएको दिन सेयर कारोबार समेत हुने गरेको छैन । यहीकारण भोलि नेप्से र सेयर कारोबार समेत बन्द हुने भएको हो ।
इद उल फितर मुस्लिम समुदायले इस्लामिक पात्रोअनुसार नवौं महिना रमजानभर गरिएको ब्रतको समापनमा मनाउने गर्छन् । यो उनीहरुको महत्वपूर्ण चाँड समेत हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।