मंगलवार, कार्तिक ३,२०८३ 02:15:33
  • मंगलवार, कार्तिक ३,२०८३ 02:15:33
Global IME Bank Limited

सेयरबजारमा सुधार आउदा म्युचुअल फण्डहरुको नाफा २७.६५% ले बढ्यो, न्याभ कुनको कति ?

Bizshala
सेयरबजारमा सुधार आउदा म्युचुअल फण्डहरुको नाफा २७.६५% ले बढ्यो, न्याभ कुनको कति ?
New Office

काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद नाफामा सुधार देखिएको छ । फागुन महिनासम्ममा फण्डहरुले ४ अर्ब ९२ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यो नाफा माघ महिनाको तुलनामा २७.६५ प्रतिशत बढी हो । माघमा म्युचुअल फण्डहरुले ३ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा दुई म्युचुअल फण्ड मेगा म्युचुअल फण्ड–१ र एनआइबीएल समृद्धि फण्ड–२ बाहेक सबै फण्ड नाफामा उक्लिएका छन् । नाफामा रहेका फण्डहरुमध्ये पनि एनआइसी एशिया ग्रोथ फण्ड–२, सिटिजन्स म्युचुअल फण्ड–२ र गरिमा समृद्धि योजना बाहेक सबै फण्डको नाफा माघ महिनाको तुलनामा बढेको छ ।  

माघ महिनाको अन्तिम कारोबार दिन २६८५ विन्दुमा रहेको नेप्से परिसूचक फागुन महिनाको अन्तिमसम्म २७१८ विन्दुमा उक्लिएको छ । यसर्थ सेयरबजार समग्र १.२३ प्रतिशतले बृद्धि भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

माघ महिनामा घटेको सेयरबजार फागुन महिना लगत्तै लगातार ९ कारोबार दिनसम्म बजार बढेको थियो । यसकारण पनि म्युचुअल फण्डहरुको नाफामा सुधार देखिएको हो ।  

सेयरबजारमा म्युचुअल फण्डहरुको अर्बौ रकम लगानी रहेको हुन्छ । बजारमा उतारचढाव आउने बित्तिकै फण्डहरुको खुद नाफा, न्याभ र लगानीको अवस्था नै फेरबदल हुने अवस्था आउँछ । बजारमा सुधार देखिदा फण्डहरुको नाफामा पनि सुधार देखिन्छ भने यदि बजारमा वियरिस देखिदा फण्डहरुले घाटा समेत ब्यहोर्ने अवस्था आउन सक्छ ।  

फागुन महिनासम्ममा सर्वाधिक नाफा कमाउनेमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ । फण्डले २५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो महिनाको तुलनामा १६.०८ प्रतिशत बढी हो ।  

त्यस्तै, प्रभु सेलेक्ट फण्डले पनि २५ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरी दोस्रो धेरै नाफा कमाउने म्युचुअल फण्ड बनेको छ । फण्डको यो नाफा माघको तुलनामा ११.२५ प्रतिशत बढी हो ।  

यसका साथै ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले २१ करोड ९१ लाख, नबिल ब्यालेन्स्ड फण्ड–३ ले २० करोड ३० लाख, हिमालयन ८०–२० ले २० करोड १७ लाख, एनआइबीएल सहभागिता फण्डले २० करोड १ लाख रुपैयाँ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ ।  

माघ महिनाको तुलनामा सबैभन्दा बढी नाफा बृद्धि हुनेमा भने सनराइज ब्लुचिप फण्ड रहेको छ । फण्डको नाफा ५८१.९२ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, कुमारी सबल योजनाको पनि ४२३.६८ प्रतिशतले बृद्धि भएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

न्याभ कुनको कति ?

नाफामा सुधार देखिएसँगै फण्डहरुको बढी प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) समेत सुधार देखिएको छ । न्याभ म्युचुअल फण्डहरुको महत्वपूर्ण सूचक मानिन्छ । लगानीकर्ताहरुले फण्डको न्याभ हेरेर नै उक्त फण्डको वित्तीय अवस्था बारे बुझ्न सक्छन् ।  

सो अवधिसम्म दुई म्युचुअल फण्डको न्याभ मात्रै माघको तुलनामा घटेको छ भने बाँकी सबै फण्डको बढेको छ । ७ वटा फण्डको न्यायभ १२ रुपैयाँमाथि र २५ वटा फण्डको न्याभ ११ रुपैयाँमाथि रहेको छ भने बाँकी फण्डको न्याभ १० रुपैयाँ वा सो भन्दा बढी रहेको छ ।  

फागुन महिनाको अन्तिमसम्म सबैभन्दा बढी न्याभ एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को रहेको छ । फण्डको न्याभ १२.६४ रुपैयाँ छ । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ ०.२२ रुपैयाँले बढेको छ ।  

त्यस्तै, प्रभु स्मार्ट फण्डको १२.६३ रुपैयाँ, हिमालयन ८०.२० को १२।५१ रुपैयाँ, प्रभु सेलेक्ट फण्डको १२.५१ रुपैयाँ, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को १२.२१ रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ र २ को १२.१५ रुपैयाँ र १२.०४ रुपैयाँ रहेको छ ।  

अघिल्लो महिनाको तुलनामा सबैभन्दा बढी न्याभ बढ्नेमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ । फण्डको न्याभ ०.५९ रुपैयाँले बृद्धि भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.