सानो रकमले सेयर बजारमा इन्ट्री गर्न कति सम्भव ? म्युचुल फण्ड हुन सक्छ उत्तम विकल्प
काठमाण्डौ । दशैंपछि सेयरबजारमा आक्रामक सुधार देखिएको छ । हिजदेखि खुलेको बजारले लय समात्न थालेको देखिन्छ । मंगलबार ३१.४८ अंकले बढेको नेप्से परिसूचक आज फेरी ४३.२२ अंकले बढेको छ । मंगलबार ३ अर्बको कारोबार भएको थियो भने आज साढे ५ अर्बमाथिको सेयर कारोबार भएको छ । यसर्थ सुस्ताएका लगानीकर्ताहरु फेरी बजारतर्फ आकर्षित हुन थालेका छन् ।