बुधबार, बैशाख १०,२०८२ 08:00:03
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 08:00:03
IME remit
Global IME Bank Limited

म्युचुअल फण्डहरुको नाफा ३९.५०% ले बढ्यो, सबैको न्याभ वृद्धि

Hyundai Nepal
म्युचुअल फण्डहरुको नाफा ३९.५०% ले बढ्यो, सबैको न्याभ वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा सुधार देखिएको छ । चालु आवको माघ मसान्तसम्म म्युचुअल फण्डहरुले ३ अर्ब ८८ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा अघिल्लो महिनाको तुलनामा ३९.५० प्रतिशत बढी हो । पुष महिनामा म्युचुअल फण्डहरुले २ अर्ब ७८ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका थिए । माघ महिनामा दुई फण्ड मात्रै घाटामा देखिएका छन् । पुष महिनामा भने ६ वटा म्युचुअल फण्डले घाटा ब्यहोरेका थिए ।  

नाफामा सुधार देखिएसँगै सबै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि बृद्धि भएको छ । गत पुष महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक २५९३ विन्दुबाट बढेर माघ महिनाको अन्तिम कारोबार दिनसम्म २६८५ विन्दुमा उक्लिएको छ । यस हिसाबमा सेयरबजार ३.५५ प्रतिशतले बढेको देखिन्छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बजार बढेसँगै म्युचुअल फण्डहरुले खुद मुनाफामा उल्लेख्य सुधार गर्न सफल भएका छन् भने फण्डहरुको न्याभ र लगानीको भ्यालु समेत बढ्न पुगेको छ ।  

सेयरबजारमा म्युचुअल फण्डहरुको अर्बौ रकम लगानी रहेको हुन्छ । बजार घटबढ हुने बित्तिकै फण्डहरुको नाफा, न्याभ र लगानीको दायरा नै परिवर्तन हुने खालको वित्तीय सूचक फेरबदल हुने अवस्था आउँछ ।  

चालु आवको माघ महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउने फण्डमा प्रभु सेलेक्ट फण्ड रहेको छ । फण्डले २२ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो महिनाको तुलनामा ३३.६५ प्रतिशत बढी हो ।  

सो अवधिसम्म एनआइबिएल समृद्धि फण्ड–२ र मेगा म्युचुअल फण्ड–१ भने घाटामा रहेका छन् । एनआइबिएल समृद्धि फण्ड–२ ले १७ करोड रुपैयाँ र मेगा म्युचअल फण्ड–१ ले भने १ करोड ३२ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

Muktinath Bikas Bank Limited

नाफामा उल्लेख्य सुधार देखिएसँगै सो अवधिसम्म सबै म्युचुअल फण्डको न्याभ बढेको छ । सबैभन्दा बढी न्याभ प्रभु स्मार्ट फण्डकै रहेको छ । फण्डको न्याभ १२.४३ रुपैयाँ छ ।  

म्युचुअल फण्डहरुले सो अवधिसम्म सेयरबजारमा ४० अर्ब ९६ करोड ६८ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । यो रकम अघिल्लो महिनाको तुलनामा ३.५८ प्रतिशत बढी हो । पुष महिनामा फण्डहरुले ३९ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका थिए ।  

सो अवधिसम्म १० वटा म्युचुअल फण्डबाहेक सबै फण्डको लगानीको भ्यालु बढेको छ । सबैभन्दा बढी गरिमा समृद्धि योजनाको लगानीको भ्यालु ८३३.८४ प्रतिशत बढी हो ।

 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.