बुधबार, फाल्गुन १३,२०८२ 01:32:36
Bizshala
  • बुधबार, फाल्गुन १३,२०८२ 01:32:36
Bizshala
Global IME Bank Limited

कुनै बेला प्रतिकित्ता २७ सय रहेको सेयरमूल्य शुन्यमा झर्यो, लगानी गर्दा एकपटक सोच्ने कि ?

कुनै बेला प्रतिकित्ता २७ सय रहेको सेयरमूल्य शुन्यमा झर्यो, लगानी गर्दा एकपटक सोच्ने कि ?
Shivam Cement

काठमाण्डौ । सेयर बजारबाट पैसा कमाउन मानिसहरुले जानकारीको अभावमा जतासुकै दाउँ लगाउने गर्छन । जसका कारण अधिकांश लगानीकर्ताका लागि यस्तो दाउँ भारी पर्ने गर्छ ।  

सोचविचार र अध्ययन नगरी लगानी गर्दा कतिसम्म घाटा व्यहोर्नु पर्छ भन्ने भारतको सेयर बजारको एउटा घटनाले प्रस्ट पारेको छ ।  

भारतमा सेयरबजारसँग जोडिएको एउटा यस्तै घटना प्रकारको घटना सार्वजनिक भएको छ । यो घटना रिलायन्स क्यापिटलको इक्विटी लगानीकर्ताहरुसँग घटेको हो ।  

अनिल अम्बानीको ऋणमा डुबेको कम्पनी रिलायन्स क्यापिटललाई एनसीएलटीका माध्यमबाट हिंदुजा समूहको कम्पनी इन्डसइन्ड इन्टरनेशनल होल्डिग्सले खरिद गरेको छ । जससपश्चात नयाँ मालिकले रिलायन्स क्यापिटल लिमिटेडलाई सेयर बजारबाट डि–लिस्टिङ गर्ने निर्णय गरेका छन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो घोषणापश्चात सेयर बजारमा रिलायन्स क्यापिटलको सेयर कारोबार बन्द भएको छ । रिलायन्स क्यापिटलको अन्तिम सेयर कारोबार गत फेब्र्रुअरी २६ मा भएको थियो । त्यस दिन कम्पनीको सेयरमूल्य ११.९० भारु थियो । डि–लिस्टिङ भयो भने सेयर बजारमा कम्पनीको सेयर कारोबार हुँदैन र लगानीकर्तामा पनि सेयर स्वामित्व रहदैन ।  

अर्थात लगानीकर्तासँग भएको सेयरको मूल्य शुन्य हुन्छ । रिलायन्स क्यापिटलका लगानीकर्ताको सेयरको मूल्य पनि शुन्य भएको छ । कम्पनीका सेयरधारकहरुले अब केहि पनि नपाउने भारतीय मिडियाले जनाएका छन् । तर यो सबै भने भारतीय नियामक सेबीको नियममा रहेको भएको हो ।  

त्यसैले लगानीकर्तालाई यस्ता कम्पनीको सेयरबाट बच्न सधै सल्लाह दिने गरिन्छ ।  

कुनैबेला उद्योगपति अनिल अम्बानीको कम्पनी रिलायन्स क्यापिटल लिमिटेडको सेयरमूल्य उच्च विन्दुमा रहने गर्थो । सन् २००८ मा कम्पनीको एक कित्ता सेयरको मूल्य २ हजार ७ सय भारुभन्दा बढी थियो । सन् २०२१ मा गम्भिर समस्याका कारण अनिल अम्बानीको यो कम्पनीको सञ्चालक समितिलाई आरबीआईले भंग गरेको थियो । यसपश्चात कम्पनी टाट पल्टिएर हिंदुजा समूहको कम्पनी इन्डसइन्ड इन्टरनेशनल होल्डिग्सको शरणमा पुगेको हो । कम्पनीमाथि कब्जा गर्ने बित्तिकै हिंदुजा समूहले कम्पनीको सेयर डि–लिस्टीङ गर्ने निर्णय गरेको हो ।  

रिलायन्स क्यापिटलले स्टक एक्सचेञ्ज फाइलिङमा कम्पनीको इक्विटी सेयरधनीहरुको लिक्वीडेसन मूल्य शून्य भएकाले इक्विटी सेयरधनीहरु कुनै पनि भुक्तानीका लागि हकदार नभएको उल्लेख गरेको छ । अर्थात कम्पनीका सेयरधनीहरुको हात रित्तो हुनेछ ।  

एनसीएलटीले रिलायन्स क्यापिटलको नियन्त्रणका लागि हिंदुजा समूहको कम्पनीले पेश गरेको ९ हजार ६५० करोड रुपैयाँको समाधान योजनालाई स्वीकृती दिएको छ ।  

रिलायन्स क्यापिटल ३८ हजार करोड भारु भन्दा बढी ऋणमा थियो ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.