काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनःडा.मदन घिमिरे नियुक्त भएका छन् । संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।