काठमाण्डौ । हङकङको सेयर बजारमा २८ वर्ष पछिकै उच्च गिरावट आएको छ । आज हङकङको सेयर बजार मापक इन्डेक्स हाङसेङ १३.२२ प्रतिशत अर्थात ३ हजार २१.५१ अंकले घटेको छ ।
यो गिरावटसँगै हाङसेङ इन्डेक्स १९ हजार ८२८.३० विन्दुमा सीमित बनेको छ । आज बजार खुलेदेखि नै हाङसेङ इन्डेक्समा गिरावट आएको थियो ।
यो गिरावट सन् १९९७ को एशियाली आर्थिक संकटपछिकै उच्च हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण पछिल्लो समय अमेरिका लगायत विश्वका विभिन्न देशहरुको सेयर बजारमा भारी गिरावट आईरहेको छ ।