काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा चारवटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा नगारिक लगानी कोष(सीआईटी),जीवन विकास लघुवित्त, कालिका लघुवित्त र राधि विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
यी कम्पनीहरुको कुल ७३ लाख १४ हजार ५०८.१२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमा सीआईटीको ४२ लाख ४० हजार ३७२ कित्ता, जीवन विकासको १८ लाख ८६ हजार ५२६.४६ कित्ता, कालिका लघुवित्तको ३ लाख ५३ हजार ७०५.६५२५ कित्ता र राधि विद्युत कम्पनीको ८ लाख ३३ हजार ९०४.७० कित्ता बोनस सेयर रहेको छ ।
नेप्सेमा सूचीकृत भएसँगै अब यी बोनस सेयरहरु आगामी कारोबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।