काठमाण्डौ । इन्डोनेशियाको सेयर बजारमा पहिरो गएको छ । ४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजार मापक इन्डेक्स जेकेएसई आज ९.२ प्रतिशतले घटेको छ ।
भारी गिरावटका कारण जेकेएसई इ्न्डेक्सको कारोबार ३० मिनेटका लागि स्थगित भएको छ । यो गिरावट सन् २०२१ पछिकै उच्च हो । बजार खुल्नुअघि ८ प्रतिशतको गिरावट भयो भने कारोबार ३० मिनेटका लागि स्थगित हुने जनाइएको थियो । यसअघि ५ प्रतिशत गिरावट आयो भने कारोबार स्थगित हुने व्यवस्था थियो ।
यदि ३० मिनेटको हल्ट पछि १५ प्रतिशतको गिरावट आयो भने थप ३० मिनेटका लागि कारोबार स्थगित हुनेछ । त्यसपछि पनि २० प्रतिशतभन्दा बढीको गिरावट आयो भने आजका लागि कारोबार स्थगित हुने जनाइएको छ ।
गत मार्च २७ गतेदेखि बन्द रहेको इन्डोनेशियाको सेयर बजार आज खुलेको हो ।
यस्तै आज इन्डोनेशियाको मुद्रा रुपिया अमेरिकी डलरको तुलनामा रेकर्डतोड न्यून स्तरमा पुगेको छ । एक डलरबराबर १६ हजार ८५० इन्डोनेशियाली रुपिया कायम भएको छ । अमेरिकाले इन्डोनेशियाली वस्तुको आयातमा ३२ प्रतिशत ट्यारिफको व्यस्था गरेको छ ।