मंगलवार, बैशाख २,२०८२ 06:33:24
IME remit
  • मंगलवार, बैशाख २,२०८२ 06:33:24
IME remit
Global IME Bank Limited

फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो समूहको झण्डै ५ खर्बको सेयर कारोबार

Hyundai Nepal
फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो समूहको झण्डै ५ खर्बको सेयर कारोबार
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनासम्ममा फाइनान्स समूह र विकास बैंक समूहको कारोबार सर्वाधिक बढेको छ ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको फागुन मसान्तसम्ममा फाइनान्स सेक्टरको सेयर कारोबार गत आवको सोही अवधिसम्मको तुलनामा ७९८.५३ प्रतिशत र विकास बैंक समूहको सेयर कारोबार ४५१.४३ प्रतिशत बृद्धि भएको छ ।

गत आवको फागुन मसान्तसम्म फाइनान्स कम्पनीहरुको कुल १६ अर्ब ९५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएकोमा चालु आवको फागुन मसान्तसम्ममा १ खर्ब ५२ अर्ब ३३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

त्यस्तै, विकास बैंक समूहको सेयर कारोबार पनि गत आवको तुलनामा ह्वात्तै बढेको छ । चालु आवको ८ महिनासम्म यो समूहको १ खर्ब १६ अबृ ४३ करोड रुपैयाँमाथिको सेयर कारोबारभएको छ । गत आवको सोही अवधिसम्म भने विकास बैंकहरुको २१ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

पछिल्लो समय सेयरबजारमा लो क्याप अथवा अल्ट्रा लो क्याप कम्पनीमा सेयर कर्नरिङ गरि मूल्य चलखेल गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । विशेषगरी केही महिनाअघि फाइनान्स समूहका केही कम्पनीमा यो ट्रेन्ड देखिएको थियो भने केही समययता भने विकास बैंकहरुमा यो अवस्था देखिएको छ ।  

विकास बैंकहरुमा पनि क्षेत्रीय स्तरका केही बैंकहरु जुन पूँजीमा कम छन् त्यस्ता बैंकको सेयरमा चलखेल गरी मूल्य उचालिएका थिए । बजारमा हल्लाकै भरमा अर्थात् कसैको उक्साहटमा सेयर किन्ने प्रवृत्तिले गर्दा विकास बैंकहरुको सेयर कारोबार बढेको देखिन्छ । लो क्यापमा गनिने कर्णाली, नारायणी, सिन्धु, कर्पोरेट, ग्रीन डेभलपमेन्ट बैंक जस्ता कम्पनीहरुको सेयर कारोबार निकै देखिएको थियो । जसकारण विकास बैंक समूहको सेयर कारोबार गत आवको तुलनामा ह्वात्तै बढेको देखिएको छ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

आठ महिनासम्ममा सबैभन्दा सेयर कारोबार भने हाइड्रोपावर समूहको भएको छ । यो समूहमा कुल ९१ वटा कम्पनी सूचीकृत रहेकाले पनि सेयर कारोबार सबैभन्दा बढी हुनु स्वभाविक हो । यो समूहको कुल ४ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

गत आवको तुलनामा हाइड्रो समूहको सेयर कारोबार २९३.३० प्रतिशत बृद्धि भएको छ ।  

यसका साथै कमर्सियल बैंक समूहको १ खर्ब ४२ अर्ब ७३ करोड, इन्भेष्टमेन्ट समूहको १ खर्ब २ अर्ब ८२ करोड, माइक्रोफाइनान्स समूहको १ खर्ब २ अर्ब ५९ करोड, अन्य समूहको ८७ अर्ब ७२ करोड, जीवन बीमा समूहको ८१ अर्ब ७२ करोड, निर्जीवन बीमा समूहको ५९ अर्ब ७० करोड, उत्पादत तथा प्रशोधन समूहको ५८ अर्ब ८५ करोड, होटल तथा पर्यटन समूहको २७ अर्ब ८३ करोड, व्यापार समूहको ४ अर्ब ९१ करोड रुपैयाँ र म्युचुअल फण्ड समूहको ३ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.