शनिबार, कार्तिक १४,२०८३ 10:20:47
  • शनिबार, कार्तिक १४,२०८३ 10:20:47
Global IME Bank Limited

सुरू भयो २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४, डिजिटल कर्णाली बारे वृहत छलफल हुँदै

Bizshala
सुरू भयो २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४, डिजिटल कर्णाली बारे वृहत छलफल हुँदै
New Office

काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरू भएको छ । कर्णाली प्रदेश सरकार र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुरू भएको कन्कलेभ शनिबारसम्म सञ्चालन हुनेछ ।  

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै २ दिनसम्म चल्ने कन्क्लेभको उद्घाटन गरेका थिए ।  

कन्क्लेभमा कर्णाली प्रदेशका मुख्यमन्त्री, अन्य प्रदेशका मन्त्री, पूर्व मन्त्री, पूर्व मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारी लगायत ६०० बढी आईटी सरोकारवालाहरूको उपस्थिति रहेको छ ।  

कार्यक्रममा कर्णाली प्रदेशको डिजिटल विकास र इकोसिस्टममा वृहत बहस र छलफल हुनेछ । कन्क्लेभमा चारवटा किनोट प्रस्तुति र ६ वटा प्यानल सेसन छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले प्रविधिको विकास नगेरर कर्णालीलाई माथि उठाउन नसकिने बताए ।  

‘कर्णाली प्रदेशले प्रदेशस्तरमा पहिलो पटक यस्तो खालको कन्क्लेभ आयोजना गर्दैछ । अब प्रविधिको प्रयोग नगरेर कर्णालीलाई माथि उठाउन सक्दैनौं,’ उनले भने, ‘डिजिटल कर्णाली बनाउनु पर्छ भन्ने कुरामा म कत्ति बिचलित छैन् । आउँदो १० वर्षमा हरेक क्षेत्रबाट कर्णालीलाई हेर्न लायक बनाउँछौं ।’

कार्यक्रमको उद्घाटन शत्रमा कर्णाली प्रदेशको वर्तमान डिजिटल अवस्था र अब चाल्नुपर्ने कदम शीर्षकमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले किनोट प्रस्तुती दिएका थिए ।  

यस्तै युएनडीपीका डाटा म्यानेजमेन्ट तथा एमएण्डई एनालिष्ट राम कुमार यादवले पावरिङ डिजिटल कर्णाली अन द ग्राउण्ड लाइटनिङ प्रस्तुति र आईटी विज्ञ मनोहर कुमार भट्टराईले कर्णालीका लागि डिजिटल रूपान्तरण समाधान र इकोसिस्टम शीर्षको किनोट प्रस्तुती दिएका थिए ।  

त्यसैगरी उद्घाटन शत्रमा डिजिटल कर्णालीका लागि सोच नेतृत्व विषयमा पावर संवाद सेसन भएको थियो । यस सेसनमा वक्ताको रूपमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही र निवर्तमान मुख्यमन्त्री जीवन बहादुर शाही रहेका थिए । यस शत्रलाई ऋति फाउन्डेसनका अध्यक्ष कमल लम्सालले सहजीकरण गरेका थिए ।  

पावर सेसनमा बोल्दै दुवै वक्ताले कर्णालीको डिजिटल विकासका लागि पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।  

यस्तै उद्घाटन शत्रको समापन गर्दै कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसीले २ दिने कन्क्लेभले नीतिगत मार्गदर्शन र सुदृढमा सघाउने बताए ।  

२ दिने कार्यक्रममा डिजिटल पूर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट, डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्बन्धमा प्रस्तुति र प्यानल सेसन सञ्चालन हुनेछ ।

दोस्रो दिन डिजिटल अभियान, आइडिया र प्रविधिबारे प्रस्तुति समेत रहनेछ, जसमा कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ, डिजिटल पहुँचलगायत आइडियाहरु प्रस्तुत हुनेछन् ।  

डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुनगाभा टेलिभिजन लगायत डिजिटल कर्णाली कन्क्लेभको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको छ ।  

डिजिटल कर्णाली कन्क्लेभ २०२४ लाई नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नाष्ट, क्यान महासंघ कर्णाली प्रदेश, हिमालयन एभरेष्ट इन्स्योरेन्स, शुन्यएक, डायनामिक ईआरपी, जियोकृषि आईएमई पे, युएनडीपी, क्यासिफिक लगायतका संस्थाको सहयोग तथा सहकार्य रहेको छ ।  

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.