आईतवार, श्रावण २४,२०८३ 09:33:17
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 09:33:17
Bizshala
Global IME Bank Limited

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.७५ अंकले घटेर २ हजार ६९८.२८ विन्दुमा कायम भएको छ ।    

नेप्सेमा सूचीकृत ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा उपसूचक ०.११ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०४ प्रतिशतले घटेको छ ।  

आज  ११ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ७१२.२० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ९.९९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१७ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.५३ प्रतिशत, एशियन लाइफको ०.४४ प्रतिशत, सुर्यज्योति लाइफको ०.१९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१३ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.२९ प्रतिशत, सानिमा जिआइसीको ०.११ प्रतिशत, शिखरको ०.३० प्रतिशत र युनाइटेड अजोडको १.२४ प्रतिशतले बढेको छ ।  

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८० प्रतिशतले घटेर १२४८.६९ रुपैयाँ कायम भएको छ  ।  

यसका साथै हिमालयन एभरेष्टको १.७९ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.६० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४२ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.३७ प्रतिशत, हिमालयन रि को १.१८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१६ प्रतिशत, नेशनल लाइफको १.१४ प्रतिशत, हिमालयन लाइफको ०.८३ प्रतिशत, सन नेपाल लाइफको ०.७४ प्रतिशत, एनएलजीको ०.५३ प्रतिशत, आइएमई लाइफको ०.४९ प्रतिशत, एलआइसी नेपालको ०.४६ प्रतिशत, सानिमा जिआइसीको ०.३२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२६ प्रतिशत, नेपाल लाइफको ०.१७ प्रतिशत, सुर्यज्योति लाइफको ०.१४ प्रतिशत, सिटिजन लाइफको ०.११ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.०९ प्रतिशत र नेकोको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.