काठमाण्डौ । एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् । गत सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
पन्तलाई भोलि शपथ गराउने तयारी भईरहेको जनाइएको छ । पन्त समानुपातिक कोटाबाट सांसद बनेका थिए ।