काठमाण्डौ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । पन्तले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । ओलीले गत सोमबार विद्या भट्टराईले राजीनामा दिएसँगै शिक्षामन्त्रीमा पन्तलाई अघि सारेका थिए ।
पन्त एमालेका सांसद हुन् । उनी समानुपातिक कोटाबाट सांसद बनेका थिए ।