सोमबार, असार २,२०८२ 10:28:40
  • सोमबार, असार २,२०८२ 10:28:40
Global IME Bank Limited

मेरोमाइक्रोफाइनान्सको आम्दानी र नाफामा सामान्य सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
मेरोमाइक्रोफाइनान्सको आम्दानी र नाफामा सामान्य सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय प्रतिवेदनअनुसार समीक्षा अवधिमा संस्थाको नाफा र ब्याज आम्दानीमा सामान्य सुधार आएको छ । तेस्रो त्रैमाससम्म संस्थाले १२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.४५ प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले १२ करोड ३८ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २१.१६ प्रतिशतले बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने ९ करोड ४८ हजारबाट घटेर ६ करोड ९२ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ६८ करोड ३७ लाख र सञ्चालन खर्च ४९ करोड ९० लाख रुपैयाँ रहेको छ ।  

अघिल्लो आवमा १० करोड ७१ लाख रुपैयाँ धनात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ १ करोड ३४ लाख रुपैयाँले ऋणात्मक कायम भएको छ । संस्थाको रिजर्भको आकार भने ६१ करोड ६७ लाखबाट बढेर ७६ करोड ४३ लाख पुगेको छ ।  

३ अर्ब ७८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १४ अर्ब ६८ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ७.६१ प्रतिशतबाट बढेर ९.४९ प्रतिशत पुगेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ३४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.१५ रुपैयाँ,प्रतिसेयर  नेटवर्थ १५२.९१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९३.८२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५७.९८ गुणा र तरलता अनुपात ४.२१ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.