शुक्रबार, बैशाख ४,२०८३ 01:52:50
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 01:52:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गठबन्धन जोगाउने अन्तिम कसरतमा देउवा, पुगे बालुवाटार

Bizshala
गठबन्धन जोगाउने अन्तिम कसरतमा देउवा, पुगे बालुवाटार
Shivam Cement

काठमाण्डौ । कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयास सुरु भएको छ ।  

कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका हुन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग छलफल गर्न देउवा र खड्का केहीबेरअघि बालुवाटार पुगेका स्रोतले जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हिजो दिनभरि र रातभरिमा दलहरुबीच थुप्रै खालका छलफलहरु भएका छन् । सो क्रममा अहिलेको सत्ता गठबन्धनलाई ढालेर नयाँ समीकरण बनाउने मोटामोटी सहमति बनिसकेको छ । यही सहमतिका कारण आज बिहान ८ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक समेत स्थगित गरिएको थियो ।  

गठबन्धनको बैठक स्थगित भए पनि कांग्रेस सभापति देउवा र उपसभापति खड्का प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन् । उनीहरुले माओवादीसँग पछिल्लो समय बिग्रिएको सम्बन्ध सुधार्ने अन्तिम प्रयास गर्ने दाबी गरिएको छ ।  

तर, घटनाक्रमहरु निकै अगाडि बढेकोले अहिलेको सत्ता गठबन्धन जोगिने सम्भावना नरहेको कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दाबी गरेका छन् । बिजशालासँग कुरा गर्दै उनले कांग्रेसकै केही नेताहरुका कारण माओवादी भड्किएको र अब घटनाक्रम हेर्दा नयाँ सत्ता समीकरण बन्ने अवस्था देखिएको बताए । देउवा र खड्काले माओवादीका अध्यक्ष तथा प्रम प्रचण्डसँग फाइनल टक गर्न खोजे पनि त्यसबाट खासै प्रतिफल ननिस्किने उनको ठोकुवा छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.