आईतवार, फाल्गुन ११,२०८१ 02:40:35
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:40:35
IME remit
Global IME Bank Limited

नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप, अहिलेकै गठबन्धन कम्फरटेबल रहेको भन्दै प्रचण्डमाथि दवाब

Hyundai Nepal
नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप, अहिलेकै गठबन्धन कम्फरटेबल रहेको भन्दै प्रचण्डमाथि दवाब
Nabil Bank Limited

काठमाण्डौ । कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन धरमराइरहेको बेला भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी चलखेल सुरु गरेको छ।  

भारतकै चाहनामा तत्कालीन एमालेसहितको गठबन्धन फुटाएर बनाइएको नयाँ गठबन्धन समेत धरमरमा परेपछि भारतीय दूतहरु हिजोदेखि राजनीतिक भेटघाट र चलखेलमा सक्रिय देखिएका छन् ।  

यो क्रममा आइतबार दिउँसो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटेका छन् । उनले प्रमसँगको भेटमा दिल्लीको सन्देश भन्दै अहिलेको गठबन्धन नै भारतका लागि कम्फरटेवल रहेको बताएका स्रोतको भनाई छ ।  

उनी प्रमलाई भेट्न दिउँसो साढे १ बजे बालुवाटार पुगेका थिए । सो क्रममा श्रीवास्तवले अहिलेको गठबन्धन टुटाउन नहुने भन्दै प्रचण्डलाई दवाब दिएका बुझिएको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

जवाफमा प्रचण्डले परिस्थिति फरक ढंगले विकास भएको उल्लेख गर्दै कांग्रेसकै कारण यस्तो समस्या आएको बताएका थिए ।  

प्रचण्डसँग भेट गरेपछि राजदूत श्रीवास्तवले लैनचौरमा पुगेर दूतावासका उच्च अधिकारीहरुसँग छलफलमा थिए । सो क्रममा वर्तमान गठबन्धन नटुट्ने कुरामा आफू विश्वस्त रहेको दाबी गरेका थिए ।  

तर, आइतबार दिनभर र रातभरका भेटघाट र राजनीतिक दौडधूपले सत्ता गठबन्धन टुट्ने अवस्था बनेपछि भारतीय दूतहरु पनि सोमबार बिहानैदेखि सक्रिय भएका छन् । सो क्रममा दूतावासको एउटा टोलीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सोमबार बिहानै उनकै निवासमा गएर भेट गरेको छ । सो क्रममा कांग्रेससहितको गठबन्धन नटुटाउने दिल्लीको सन्देश सुनाइएको स्रोतको दाबी छ ।  

एमाले, माओवादी, रास्वपा लगायतका दलहरुबीच भएका बाक्ला छलफलले अघिल्लो वर्षको पुस १० अघिकै गठबन्धन ब्यूँताउने मोटामोटी सहमति बनिसकेको अवस्थामा भारतीय दूतहरु भने त्यसलाई सफल हुन नदिने अभियानमा देखिएका छन् ।  

यहीबेला चीनका दूतहरु समेत सक्रिय बनेका छन् । उनीहरु भने कुनै पनि हालतमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटाएर एमाले र माओवादीलाई मिलाउने पक्षमा छन् । यसका लागि लामो समयदेखि माओवादीका उपमहासचिव वर्षमान पुनले लविङ गरिरहेका छन् । वर्षमान पुनकै लाइनमा नयाँ सहमति बन्न थालेपछि कम्युनिष्ट एकता हेर्न चाहने शक्तिहरु भने खुशी देखिएका छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.