काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
बुढानिलकण्ठस्थित देउवा निवासमा बिहान १० बजेका लागि पार्टीको पदाधिकारी बैठक बोलाइएको हो ।
आज बिहान देउवा र पार्टी उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेट गरेका थिए । सो क्रममा भएको छलफल र विकसित राजनीतिक घटनाक्रमको विषयमा पदाधिकारी बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।
अर्का एक पदाधिकारीको दाबीलाई आधार मान्ने हो भने देउवाले बोलाएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्नेसम्मको निर्णय गर्नसक्ने सम्भावना छ ।