शनिबार, भाद्र ६,२०८३ 11:58:54
Bizshala
  • शनिबार, भाद्र ६,२०८३ 11:58:54
Bizshala
Global IME Bank Limited

रेशम चौधरी पक्राउ

रेशम चौधरी पक्राउ
New Office

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौथरी आज प्रज्ञा भवन कमलादी परिसरबाट पक्राउ परेका हुन् । पक्राउपश्चात उनलाई डिल्लीबजार कारागार लगिएको छ । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

चौधरीलाई फैसला कार्यान्वयनका लागि लेखी आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई २०७२ भदौमा अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर  राष्ट्रपतिबाट कैद मिनाहा पाउदै उनी २०८० जेठ १५ गते जेलबाट छुटेका थिए ।  

Bizshala
CG Motors

उनको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि चौधरी पक्राउ परेका हुन् ।

चौधरी पक्राउ परेसँगै आज हुने तय भएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । चौधरीको पक्राउविरुद्ध नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र उनका समर्थकहरुले नाराबाजी गरेका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.