शुक्रबार, जेष्ठ १,२०८३ 04:30:16
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:30:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ स्टक एक्सचेञ्ज रोक्ने षड्यन्त्र: नीति तथा कार्यक्रमबाट पनि हटाइयो अजेण्डा

Laxmi Sunrise Bank Limited
नयाँ स्टक एक्सचेञ्ज रोक्ने षड्यन्त्र: नीति तथा कार्यक्रमबाट पनि हटाइयो अजेण्डा
Shivam Cement

काठमाण्डौ । सरकारले षड्यन्त्रमूलक ढंगले केही व्यवसायिक घरानाको इशारामा नयाँ स्टक एक्सचेञ्जको विषयलाई आफ्नो नीति तथा कार्यक्रमबाट पनि हटाएको छ ।  

सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा समेत नयाँ स्टक एक्सचेञ्जको विषयलाई नराखी भएकै स्टक एक्सचेञ्जको पुनरसंरचनाको विषयमा मात्र राखिएको थियो । 

Bizshala
New Office
CG Motors

केही व्यवसायिक घरानाहरुबीच नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स कसले लिने भन्ने निकै ठूलो झगडा र लफडा छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेका व्यवसायिक घरानाहरुले सुनियोजित ढंगले नयाँ स्टक एक्सचेञ्जलाई सञ्चालनको अनुमति दिने विषय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनबाट गायब पारिएको आरोप लागेको थियो ।  

सो आरोप र आशंकालाई पुष्टि गर्ने गरी सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा समेत नयाँ स्टक एक्सचेञ्जको विषयलाई नसमेटेको पाइएको हो । 

Garima Development Bank
Shivam Cement
IME remit

राष्टपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनमाझ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनेका छन् -'धितोपत्र बोर्डको सुदृढीकरण गरी क्षमता विकास गरिनेछ । नेपाल स्टक एक्सचेञ्जको पुनरसंरचना गरी पूँजीबजारको समग्र क्षमता विकास र पारदर्शिता वृद्धि गरिनेछ ।'  

वर्षौदेखि माग हुँदै आएको नयाँ स्टक एक्सचेञ्जको विषय नीति तथा कार्यक्रमबाट समेत सुनियोजित ढंगले हटाइएको देखिएको छ ।  

एकातिर नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने घोषणा हुनु, सो प्रतिवेदनमा नयाँ स्टक एक्सचेञ्जको विषय नै उल्लेख नगरिनु र नेपाल स्टक एक्सचेञ्जको पुनरसंरचनाको कुरा चाहिँ नीति तथा कार्यक्रममा समेटिनुले नयाँ स्टक एक्सचेञ्जको विषयलाई सरकारले नै टार्न खोजेको देखिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X