सोमबार, असार २,२०८२ 10:15:14
  • सोमबार, असार २,२०८२ 10:15:14
Global IME Bank Limited

जापानको सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा,सन् २०३० सम्म विश्वकै उत्कृष्ट बन्ने

Hyundai Nepal
जापानको सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा,सन् २०३० सम्म विश्वकै उत्कृष्ट बन्ने
Nabil Bank Limited

काठमाण्डौ । जापानको सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सोमबार जापानको निक्की२२५, ४० हजार विन्दु माथि पुगेको हो ।  

यो उचाई जापानको सेयर बजारको इ्रतिहासमा अहिले सम्मकै उच्च हो । यसअघि सन् १९८९ को उच्च विन्दु तोड्दै ३९ हजार ०९८.६८ विन्दु चुमेको केहि दिन नबित्दै जापानको सेयर बजारले नयाँ उचाई हासिल गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोमबार निक्की २२५ ०.५ प्रतिशतले वृद्धि भएको छ । कर्पोरेट कम्पनीहरुको आम्दानीमा आएको वृद्धि र जापानी येन कमजोर बन्दा निर्यात र वैदेशिक लगानी भित्रदा जापानको सेयर बजारमा वृद्धि देखिएको हो । चीनको सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्ताले जापानको बजारलाई लगानीको विकल्पको रुपमा हेर्न थालेका छन् ।  

‘हामीले जापानको सेयर बजार सन् २०२३ देखि २०३० को बीचमा विश्वकै अग्रेणाी सेयर बजारको रुपमा हेरेका छौ ।’ गत आइतबार जेफ्ररी एनालिष्टको प्रतिवेदनमा उल्लेख गरिएको थियो । ‘जापानको सेयर बजारमा बहार फर्किएको छ ।’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

यो वर्ष मात्रै निक्कीमा २० प्रतिशतको उछाल आईसकेको छ । यो वृद्धिसँगै जापानको सेयर बजार विश्वकै राम्रो प्रदर्शन गरिरहेको सेयर बजारको रुपमा उभिएको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.