बुधबार, आश्विन १४,२०८३ 06:27:42
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 06:27:42
Bizshala
Global IME Bank Limited

एस बैंकलाई २०% स्वामित्व बिक्री गर्दै एसबीआई बैंक, जापानी कम्पनी एसएमबीसी ५१% हिस्सा खरिद गर्न तयार

Bizshala
एस बैंकलाई २०% स्वामित्व बिक्री गर्दै एसबीआई बैंक, जापानी कम्पनी एसएमबीसी ५१% हिस्सा खरिद गर्न तयार
New Office

काठमाण्डौ । भारतको निजी बैंक एस बैंकमा जापानी कम्पनी सुमितोमो मित्सुई बैंकिङ कर्पोरेशन(एसएमबीसी)ले ठूलो हिस्सेदारी खरिद गर्ने योजना बनाएको छ । यसका लागि एसएमबीसीले स्टेक बैंक अफ इण्डिया(एसबीआई)सँग छलफल सुरु गरेको छ ।  

एस बैंकमा एसबीआई बैंकको २३.९७ प्रतिशत स्वामित्व रहेको छ । जसबाट बैंकले २० प्रतिशत स्वामित्व एसएमबीसीलाई बेच्ने जनाइएको छ । यसका साथै एसएमबीसीले एस बैंकको अन्य सेयरहोल्डरहरुबाट पनि थप ६–७ प्रतिशत स्वामित्व खरिद गर्ने रोयसर्टले जनाएको छ ।  

यसपश्चात एसएमबीसीले एस बैंकमा ५१ प्रतिशत स्वामित्व प्राप्त गर्नका लागि ओपन अफरको प्रक्रिया सुरु गर्नेछ । यदि यो सम्झौता भयो भने भारतीय बैंकिङ क्षेत्रमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो अधिग्रहण मध्ये एक हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एस बैंकका अन्य लगानीकर्ताले जस्ते एक्सिस बैंक, कोटक महिन्द्रा बैंक, आईसीआईसीआई र एचडीएफसी बैंकले पनि आफ्नो स्वामित्व बिक्री गर्न सक्ने जनाइएको छ । यी बैंकहरुसँग एस बैंकको कुल ७.३६ प्रतिशत स्वामित्व रहेको छ ।  

यसका साथै एड्भेन्ट व कार्लाइलले पनि ओपन अफरमार्फत आफ्नो सेयर बिक्री गर्न सक्छ । सरकारी बीमा कम्पनी एलआईसीसँग पनि एस बैंकको ३.९८ प्रतिशत स्वामित्व रहेको छ । जसले यो सम्झौतामा अहम् भूमिका खेल्न सक्ने जनाइएको छ ।  

सम्झौताको खबर बाहिरिएसँगै एस बैंकको सेयरमूल्यमा आज उछाल आएको छ । बैंकको सेयरमूल्य आज इन्ट्रा डेमा १० प्रतिशतले बढेको थियो ।  

सन् २०२३ मा पनि एसएमबीसीले एस बैंकमा ५१ प्रतिशत भोटिङ राइट्स खरिद गर्न चाहेको खबर आएको थियो । तर भारतीय कानूनका कारण उसले यस्तो गर्न पाएन र तर अहिले एसएमबीसी भारतको कानूनअनुसार २६ प्रतिशत भोटिङ राइट्स खरिद गर्न सहमत भएको छ । तर कम्पनीले एस बैंकको बोर्डमा आफ्नो सञ्चालक नियुक्त गरेर प्रबन्धपत्र नियन्त्रण गर्न चाहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.