शुक्रबार, जेष्ठ १,२०८३ 03:24:44
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:24:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ स्टक एक्सचेञ्ज रोक्न यो हदसम्मको खेल, नियोजित चरित्रहत्याप्रति सेबोनको आपत्ति

Laxmi Sunrise Bank Limited
नयाँ स्टक एक्सचेञ्ज रोक्न यो हदसम्मको खेल, नियोजित चरित्रहत्याप्रति सेबोनको आपत्ति
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले पूँजीबजारका क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा बोर्ड अध्यक्ष र समग्र सेबोनकै चरित्र हत्या गर्ने गरी खबरहरु प्रकाशन गरिएका भन्दै आपत्ति जनाएको छ ।  

प्रवक्ता निरञ्जय घिमिरेले आज एक विज्ञप्ति प्रकाशित गरी बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम जोडेर पछिल्लो समय प्रकाशित, प्रसारित खबरहरुप्रति आपत्ति जनाएका हुन् । 

Bizshala
New Office
CG Motors

केही सञ्चारमाध्यमहरुले सेबोन अध्यक्ष श्रेष्ठको नाम जोड्दै विभिन्न व्यक्तिहरुले आईपीओ स्वीकृतिको पर्खाईमा रहेका कम्पनीका सञ्चालकसँग कमिसन मागेको गम्भीर आरोप लगाएका थिए । पर्याप्त प्रमाण र आधारबिना नै त्यस्तो आरोप लगाउँदै खबरहरु प्रकाशित भएपछि सेबोनले त्यसको खण्डन गरेको छ । साथै, त्यस्तो प्रमाण भए उपलब्ध गराउन चुनौति दिंदै सेबोनको नाम लिएर त्यस्तो कार्य गर्नेमाथि कारबाहीको चेतावनी समेत दिइएको छ ।  

'पूँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा यस्ता प्रायोजित सामग्रीको सम्प्रेषणले नियामक निकायको  छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्य राखेको स्पष्ट देखिन्छ ।' घिमिरले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ-'यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराइदिनुभएमा सम्बन्धित उपर आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने जानकारी गराइन्छ ।' 

Garima Development Bank
Shivam Cement
IME remit

पछिल्लो समय नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया धितोपत्र बोर्डले अगाडि बढाउने तयारी गरिरहेको बेला केही व्यवसायिक र स्वार्थ समूहहरुले त्यसलाई रोक्न सेबोन अध्यक्षमाथि नियोजित प्रहार गरिरहेको छ । सकेसम्म सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई हटाउने र आफूनिकटको कम्पनीलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स जिम्मा लगाउने खेलअन्तर्गत आरोप प्रत्यारोपको नयाँ गेम सुरु भएको देखिन्छ । 

'यो सबै निश्चित समूहले अन्य कुनै व्यवसायिक समूहमाथि इगो साध्नका लागि अनावश्यक रुपमा निकालेको बखेडा मात्र हो । यसमा केही जलविद्युतका लगानीकर्ता र प्रमोटर समेत प्रयोग भएका छन् ।' नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स फुत्काउने खेलसँग परिचित एक उद्योगीले भने-'कर्पोरेट वारको इफेक्ट हो सेबोनको पछिल्लो प्रकरण । आफूअनुकुलको निर्णय गराउन नसक्दा वा गर्ने अवस्था नबनेपछि स्वार्थ समूह नियोजित रुपमा लागेको देखियो । खेलाडी जोसुकै होस्, यस्तो घिनलाग्दो खेल बन्द हुनुपर्छ ।'  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X