सोमबार, आश्विन २६,२०८३ 11:54:29
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 11:54:29
Bizshala
Global IME Bank Limited

सेबोन प्रकरणले उर्जा उत्पादकबीच फूट, ३ कम्पनीको कडा प्रतिवाद

Bizshala
सेबोन प्रकरणले उर्जा उत्पादकबीच फूट, ३ कम्पनीको कडा प्रतिवाद
New Office

काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) फूट्ने अवस्था देखिएको छ ।  

यो संस्थाको ब्यानर प्रयोग गरेर केही सीमित पदाधिकारीहरुले मनपरी गरेको भन्दै उर्जा उत्पादक कम्पनीहरुले सार्वजनिक रुपमा विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।  

प्रकरण धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि केही उर्जा उत्पादकहरुले आईपीओ निश्कासनका लागि स्वीकृति नदिएको झोंकमा लगाएको गम्भीर आरोपका हो । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

केही उर्जा उत्पादकहरुले आईपीओ स्वीकृतिको पर्खाईमा रहेका कम्पनीहरुसँग धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले बिचौलिया परिचालन गरी कमिसन मागेको आरोप लगाइरहेका छन् । आरोप पुष्टि गर्न अध्यक्ष श्रेष्ठले चुनौति दिए पनि त्यसलाई स्वीकार गरेर कुनै पनि उर्जा उत्पादक प्रमाणसहित बाहिर आउन सकेको छैन ।  

यही प्रकरणपछि उर्जा उत्पादक कम्पनीहरु आफ्नै नेतृत्व र पदाधिकारीविरुद्ध प्रतिवादमा उत्रिएका छन् । इप्पानभित्र यही प्रकरणले फूटको बिजारोपण गरेको देखिएको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यो क्रममा उर्जा उत्पादकहरुले आईपीओ निश्कासनको स्वीकृति दिएका कम्पनीहरुबाट समेत कमिसन लिइएको गम्भीर आरोप लगाएका थिए । तर आईपीओ स्वीकृति पाएका ती कम्पनीहरुले आरोपको खण्डन गर्दै कानूनी उपचारमा गइसकिएको चेतावनी दिएपछि आरोपको बिस्कुन लगाएर कमजोर कम्पनीलाई आईपीओ जारी गर्नका लागि सेबोन नेतृत्वलाई बाध्य पार्ने खेल केही कमजोर बनेको छ ।  

धितोपत्र बोर्डले केही समयअघि आईपीओ निश्कासनको स्वीकृति दिएका तीनवटा कम्पनीले अलग अलग विज्ञप्ति जारी गरी इप्पानका पदाधिकारीहरुको सार्वजनिक आरोपको प्रतिवाद गरेका छन् । धितोपत्र बोर्डले कानूनी प्रक्रियाअनुसार नै आफूहरुलाई आईपीओ ल्याउन दिएको उल्लेख गर्दै उनीहरुले आफ्नो कम्पनीहरुको विषयमा बद्नाम गराउने लगायतलाई नछाड्नेसम्मको चेतावनी दिएका छन् ।  

विकास हाइडोपावर, पियोर इनर्जी र सान्भी इनर्जीले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी उर्जा उत्पादकहरुले लगाएको आरोपको खण्डन गरेका हुन् ।  

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.