बिहीबार, आश्विन २२,२०८३ 06:05:22
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 06:05:22
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद बैठक सकियो, 'गभर्नरको अजेण्डामा कुरै भएन'

Bizshala
मन्त्रिपरिषद बैठक सकियो, 'गभर्नरको अजेण्डामा कुरै भएन'
New Office

काठमाण्डौ । आजको मन्त्रिपरिषद बैठकमा गभर्नरको विषयमा चर्चासम्म पनि नभएको एक मन्त्रीले जानकारी दिएका छन् ।  

मन्त्रिपरिषद बैठक केहीबेरअघि सकिएको छ । ती मन्त्रीका अनुसार बैठकमा गभर्नरको विषयमा कुनै छलफल नै भएन । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा तीनघण्टा बढी चलेको बैठकमा नेपाल राष्ट् बैंकको गभर्नर नियुक्तिको प्रस्ताव नगएको र चर्चा समेत नभएको दाबी गरिएको छ ।  

आजको बैठकमा गभर्नर नियुक्तिको विषयमा कुनै अजेण्डा पेश नहुनु वा छलफल नै नहुनुले थप सशंय पैदा गरिदिएको छ ।  

आजको क्याबिनेटले केही मन्त्रालयबाट आएका विदेश भ्रमणका अजेण्डाहरु पारित गरेको छ। अन्य निर्णयहरु पनि सामान्य रहेका दाबी गरिएको छ । 

आज मन्त्रिपरिषद बैठकअघि प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच छलफल भएको थियो । सो छलफलमा के भयो भन्ने विषय बाहिरिएको छैन ।  

प्रम ओलीले यसअघि कांगे्रस सभापति देउवालाई आज(बिहीबार)सम्म गभर्नर नियुक्त गरिसक्ने बचन दिएका थिए । तर त्यो पूरा भएन ।  

यहीकारण वर्तमान सत्ता गठबन्धन तलमाथि हुनेसम्मका आशंकाहरु भइरहेका छन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.