बुधबार, बैशाख ९,२०८३ 12:34:23
Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 12:34:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारका दुई चर्चित लघुबीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?

Bizshala
सेयरबजारका दुई चर्चित लघुबीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा लघुबीमा कम्पनीहरु निकै चर्चामा छन् । हालसम्म तीन लघुबीमा कम्पनी नेप्सेमा सूचीकृत छन् । जसमा गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स रहेका छन् ।  

विशेषगरी लघुबीमा कम्पनीहरु थोरै पूँजी भएका कम्पनीमा गनिने भएका कारण अहिले लगानीकर्ताको रोजाईमा परेका छन् । धितोपत्र दोस्रो बजारमा लो क्याप वा मिड क्याप कम्पनी बढी चलिरहँदा लघुबीमा कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ ।  

हालसम्म नेप्सेमा जीवन बीमातर्फको दुई लघुबीमा कम्पनी सूचीकृत छन् भने निर्जीवनर्फको नेपाल माइक्रो इन्स्योरेन्स मात्रै रहेको छ । लघुबीमा कम्पनीहरुको चुक्तापूँजी एउटै भएपनि जीवन र निर्जीवनतर्फका कम्पनीहरुको व्यवसाय गर्ने शैली फरक–फरक छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यी कम्पनीहरुको व्यवसाय गर्ने क्षेत्र, सीमा र अवस्था एउटै किसिमको भएपनि नेपाल बीमा प्राधिकरणले तोकेअनुसार लघुजीवन बीमकले जीवन बीमा गर्ने र लघु निर्जीवन बीमकले निर्जीवन प्रकृतिका बीमा गर्नुपर्दछ । यसआधारमा पनि निर्जीवन लघुबीमक भन्दा जीवन लघुबीमकहरुको व्यवसाय केही बढी भएपनि दायित्व पनि त्यहीअनुरुप नै बढी पर्न जान्छ ।  

नेप्सेमा सूचीकृत भएका जीवन लघुबीमा कम्पनी गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी दुई कम्पनी एउटै प्रकृतिको र सँगसँगै सञ्चालनमा समेत आएका हुन् ।  

पछिल्लो समय बजारमा यी कम्पनीहरु निकै चर्चामा पनि छन्, तर चर्चा भएकै आधारमा अन्दाधुन्ध लगानी गरिहाल्नु पनि अनुचित हुन्छ । लगानीकर्ताले आफूले लगानी गर्न लागेको कम्पनीको वित्तीय अवस्था के कस्तो छ भनि अध्ययन गर्न आवश्यक हुन्छ । लो क्याप भएकै आधारमा र बजारमा कसैले सिफारिस गरेर लगानी गर्न उक्साएको भरमा लगानी गर्दा डुब्न सक्ने जोखिम बढी हुन्छ ।  

लगानीकर्ताहरुले आफुले लगानी गर्न लागेको कम्पनीको अवस्थाको बारेमा जानकारी राख्दा उपयुक्त हुन्छ । विशेषगरी कम्पनीको व्यवसायको प्रकृति र अवस्था, आम्दानी, मुनाफा, दायित्वको अवस्था, रिजर्भ फण्डको अवस्था, इपीएस, नेटवर्थ र चुक्तापूँजीको अवस्थाको विषयमा अध्ययन गर्न सक्नुपर्दछ ।

CG Motors
Garima Development Bank
IME remit

गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स एउटै प्रकृतिका कम्पनी भएको हुनाले तेस्रो त्रैमाससम्मको रिर्पोटअनुसार कुन कम्पनी कुन सूचकमा बलियो देखिएको छ भनि तुलनात्मक अध्ययन गरिएको छ । तर यो अध्ययन दुईमध्ये कुनै पनि कम्पनीको सेयर खरिदका लागि सिफारिस भने होइन । लगानीकर्ताले सबै तथ्याङ्क आफैंले विश्लेषण गरेर सेयर खरिद गर्दा उचित हुन्छ ।  

रिर्पोटअनुसार अधिकांश सूचकमा गार्डियन माइक्रो लाइफ अब्बल देखिएको छ । तर रिटेन्ड अर्निङ र जीवन बीमा कोषको  आधारमा भने क्रेष्ट माइक्रो लाइफ बलियो देखिएको छ । भविष्यमा जोखिम बहन गर्न क्रेष्ट माइक्रो लाइफ कम्पनीले जीवन बीमा कोषमा १४ करोड ९७ लाख रुपैयाँ सञ्चित गरेको छ भने गार्डियन  माइक्रो लाइफले १२ करोड ६५ लाख रुपैयाँ मात्रै सञ्चित गरेको छ ।  

वित्तीय विवरणअनुसार हालको अवस्थामा गार्डियन माइक्रो लाइफ बलियो देखिएपनि भविष्यका लागि भने क्रेष्ट माइक्रो लाइफ बलियो बन्न सक्छ । हालको खुद नाफा, व्यवसाय, आम्दानी, आधारभुत पक्षमा समेत गार्डियन अब्बल देखिएपनि क्रेष्ट माइक्रो लाइफले बीमा कोषमा गार्डियनको भन्दा बढी रकम संचित गरेको छ । साथै आफ्ना कर्मचारी, बीमित र सेयरधनीहरुलाई समेत प्रतिफल बाँड्नका लागि कम्पनीले रिटेन्ड अर्निङमा समेत गार्डियनले भन्दा उल्लेख्य रकम सञ्चित गरेको छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.