काठमाण्डौ । फागुनमा सुस्ताएको घरजग्गा बजार चैतमा एक्कासी सक्रिय बन्दै सुधार देखिएको छ। पछिल्लो तथ्यांकले चैत महिनामा कारोबारमा वृद्धि भएको देखाएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत महिनामा ५५ हजार ५३१ लिखत पारित भएका छन्, जुन फागुनको ३६ हजार ४७१ को तुलनामा करिब ५२ प्रतिशतले बढी हो। फागुनमा लामो सार्वजनिक बिदाका कारण कारोबार प्रभावित भएको थियो र तर चैतमा भने घरजग्गा कारोबारले गति समातेको देखिन्छ।
चैतमा राजस्व संकलनमा पनि वृद्धि देखिएको छ। चैतमा घरजग्गा कारोबारबाट ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व उठेको छ, जुन अघिल्लो चैतको करिब ४ अर्ब १५ करोडको तुलनामा वृद्धि हो।
चैतमा मोरङको बेलबारी मालपोत कार्यालयले सबैभन्दा बढी १ हजार ८६३ लिखत पारित गरेको छ भने काठमाण्डौ उपत्यकाभित्र भक्तपुर, लगनखेल र कलंकी मालपोत कार्यालयहरूमा उच्च कारोबार भएको देखिन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।