तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार, कारोबार रकम झण्डै दोब्बर
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा देशभरको घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको कुल मूल्य झण्डै दोब्बर पुगेको छ भने कारोबार संख्या, राजस्व संकलन तथा पूँजीगत लाभकरमा समेत उल्लेख्य वृद्धि भएको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको तेस्रो...

