शुक्रबार, जेष्ठ १,२०८३ 12:41:37
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:41:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चार सिमेन्ट कम्पनीको वित्तीय रिपोर्ट: कम पूँजी भएका कम्पनीकै सेयरभाउ सस्तो

Laxmi Sunrise Bank Limited
चार सिमेन्ट कम्पनीको वित्तीय रिपोर्ट: कम पूँजी भएका कम्पनीकै सेयरभाउ सस्तो
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चारवटा सिमेन्ट कम्पनी सूचीकृत छन् । धितोपत्र दोस्रो बजारमा सिमेन्ट कम्पनीहरु निकै चर्चामा पनि छन् । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधिमार्फत र प्रिमियममा आईपीओ निष्कासन गरेका कारण सिमेन्ट कम्पनीहरुको चर्चा हुने गरेको छ ।  

नेप्सेको उत्पादन तथा प्रशोधन समूहमा रहेका यी सिमेन्ट कम्पनीहरुमा शिवम् सिमेन्ट सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल छन् । बजारमा यी कम्पनीहरु चर्चामा रहेपनि सबैको वित्तीय अवस्था भने सन्तोषजनक देखिदैन । शिवम् र सर्वोत्तमको वित्तीय रिर्पोट सन्तोषजनक मात्रै देखिएको छ भने घोराही र सोनापुर मिनरल्स एण्ड आयलको रिर्पोट चित्तबुझ्दो देखिएको छैन ।  

Bizshala
New Office
CG Motors

चालु आवको तेस्रो त्रैमाससम्म सर्वोत्तम सिमेन्टले ६० करोड ३० लाख रुपैयाँ र शिवम् सिमेन्ट्सले ४० करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन् । यता घोराहीले ५५ करोड ४३ लाख रुपैयाँ र सोनापुरले ७ करोड ५९ लाख रुपैयाँ घाटा ब्यहोरका छन् ।  

धितोपत्र दोस्रो बजारमा प्राय वित्तीय रुपमा जुन कमजोर कम्पनी सो कम्पनीकै सेयरभाउ महँगो जस्तो देखिन्छ । तर सिमेन्ट सेक्टरतर्फ भने यस्तो देखिदैन । सिमेन्ट कम्पनीहरुमा सबैभन्दा राम्रो वित्तीय अवस्था रहेको सर्वोत्तम सिमेन्टकै सेयरभाउ सबैभन्दा महँगो छ, भने वित्तीय अवस्था कमजोर रहेको सोनापुर मिनरल्स आयलको सेयरभाउ सबैभन्दा सस्तो छ ।  

सबैभन्दा पुँजी धेरै भएको शिवम् सिमेन्टको सेयरभाउ पाँच सय रुपैयाँमाथि छ । त्यस्तै दोस्रो बढी पुँजी भएको सर्वोत्तमको सेयरमूल्य पनि आठसय रुपैयामाथि छ भने लो क्याप अर्थात सबैभन्दा पुँजी कम भएको सोनापुरको सेयरभाउ सबैभन्दा सस्तो छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

नेप्सेमा सूचीकृत सबै समूहका कम्पनीहरुमा एउटै ट्रेण्ड लागू नहुन सक्छ । विशेषगरी अन्य समूहमा लो क्यापहरुको मात्रै सेयरभाउ महँगो र लार्ज क्याप वा मिड क्यापको सेयरभाउ निकै सस्तो देखिन्छ । तर सिमेन्ट कम्पनीहरुमा भने फण्डामेन्टल रुपमा बलिया कम्पनीहरुकै सेयरभाउ महँगो रहेको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X