काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १४ प्रतिशत अर्थात १ करोड १२ लाख २८ हजार ५३७.०४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि कम्पनीको यो बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।