काठमाण्डौ । ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल ‘द ओमोडा ई–फाइभ’ले ब्याट्री सम्बन्धी दुई वटा महत्वपूर्ण परीक्षण गरेको छ । कम्पनीले गाडीको पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिंग परीक्षण गरेको हो ।
यस गाडीले ती दुवै चुनौती पार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।
पानी छिचोल्ने वाटर वेडिङ्ग परिक्षणले ओमोडा इ फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको छ । परीक्षणका क्रममा, ओमोडा ई– फाइभले गाडीको अगाडीको ग्रिल सम्मको पौखरी सतहकै पानीलाई छिचोलेको थियो । पोखरीको पानीले गाडीको अगाडीको भागको तीन चौथाई भाग छोपेको थियो ।
त्यसका बावजुद ओमाडा ई–फाइभले पोखरीलाई स्थिर गतीमा पार गर्न सफल भएको कम्पनीले जनाएको छ । सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटी नभएको र त्यसले कुनै पनि विद्युतीय सचेतनाका खतरा संकेत नबजेको कम्पनीले उल्लेख गरेको छ ।
उक्त परीक्षणमा अण्डरबडी स्क्रापिंग परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश श्रृजना गरीएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध श्रृजना गरी परीक्षण गरीएको हो । यस परीक्षणमा ओमोडा इ फाइभले २१० एमएम उचाइको फलामको पोष्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो । तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० एमएम माथि रहँदै अघि बढेको गाडीको ब्याट्रि प्याकमा कुनै क्षति पुगेन । जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ । गाडीको तल्लो भागमा क्षति पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ ।