शनिबार, बैशाख ५,२०८३ 12:08:12
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 12:08:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सबै खालका व्यवसायको दर्ता निःशुल्क हुँदै, नवीकरण गर्ने झञ्झट पनि हट्दै

Bizshala
सबै खालका व्यवसायको दर्ता निःशुल्क हुँदै, नवीकरण गर्ने झञ्झट पनि हट्दै
Shivam Cement

काठमाण्डौ । सरकारले अबको एकवर्षभित्र सबै खालका व्यवसायको दर्तालाई निःशुल्क बनाउने भएको छ ।  

अर्थ मन्त्रालयले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै एक वर्षभित्र सबै किसिमका व्यवसाय दर्ता निःशुल्क गरिने घोषणा गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै, एक वर्षभित्र नै व्यवसाय नवीकरण गर्नुपर्ने व्यवस्था समेत हटाइने भएको छ । आयकर दाखिला गरिरहेको छ भने व्यवसाय चलिरहेको छ भन्ने जानकारी स्वतः हुने व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ ।  

यसैगरी, आन्तरिक राजश्व कार्यालयको सूचना प्रणालीबाट कम्पनी रजिष्टार कार्यालयको कम्पनी दर्ता प्रणालीमा कर चुक्ताको विवरण स्वचालित रुपमा जाने गरी प्रणालीबीच सम्बन्ध स्थापित गरिने घोषणा समेत भएको छ । यो काम चाहिँ ६ महिनाभित्रै गरिसक्ने कार्ययोजनामा उल्लेख छ ।  

आगामी दुई वर्षभित्र सबै किसिमका व्यवसाय, प्राइभेट फर्म, साझेदारी फर्म र कम्पनी एकै निकायमा दर्ता गर्ने एकल दर्ता निकाय कायम गर्ने घोषणा समेत भएको छ । 

CG Motors
Garima Development Bank
IME remit

यस्तै, व्यवसाय तथा कम्पनी दर्ता, नवीकरण र अद्यावधिकसम्बन्धी सबै प्रक्रिया र आवश्यक कागजात बुझाउने काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाइने कार्ययोजना समेत रहेको छ । यो काम पनि २ वर्षभित्र सम्पन्न गरिसक्ने अर्थको योजना छ ।  

व्यवसाय दर्ता प्रमाणपत्र र स्थायी लेखानम्बर एकैसाथ उपलब्ध हुने व्यवस्था १ वर्षभित्र कार्यान्वयनमा आउने बताइएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.