आईतवार, श्रावण २४,२०८३ 11:27:43
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 11:27:43
Bizshala
Global IME Bank Limited

सेयर बजारमा लाग्ने लाभकर बढेन, हल्लाको पछि लाग्दा करोडौं गुमाएका लगानीकर्ता हेरेको हेर्‍यै !

सेयर बजारमा लाग्ने लाभकर बढेन, हल्लाको पछि लाग्दा करोडौं गुमाएका लगानीकर्ता हेरेको हेर्‍यै !
New Office

काठमाण्डौ । सरकारले पूँजीगत लाभकर यथावत राख्ने निर्णय गरेको छ । आज संघिय संसदमा बजेट पेस गरेका अर्थमन्त्रीले पूँजीगत लाभकरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेका हुन् ।  

यससँगै सेयर लगानीकर्ताहरु हर्षित भएका छन् । लामो समयदेखि लगानीकर्ताहरुले अन्तिम कर घोषणा गरेर लाभ कर घटाउने माग गरेका थिए । तर आज आएको बजेटमा पूँजीजबार सम्बन्धी लाभकरको विषयमा केही पनि उल्लेख गरिएको छैन ।  

नेपाल राष्ट्रबैंकले सेयरबजारमैत्री नीति ल्याउँदा समेत यही हल्लाका कारण सेयर बजारले भनेजस्तो गति लिन सकेको थिएन ।  

सरकारले आर्थिक विधेयकमार्फत पूँजीगत लाभकरको पुरानो व्यवस्था नछोएपछि बढ्ने त्रासमा रहेका सेयर लगानीकर्ताहरुमा खुशीको माहौल देखिएको छ । लामो समयदेखि लगानीकर्ताहरुले अन्तिम कर घोषणा गरेर लाभकर घटाउने माग गरेका थिए । तर आज आएको बजेटमा पूँजीबजार सम्बन्धी लाभकरको विषयमा सबै कुरा यथावत रहेका कारण केही पनि उल्लेख गरिएको छैन ।

 

सरकारले अल्पकालिन लगानीकर्ताहरुका लागि साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्ताहरुका लागि ५ प्रतिशत कर लगाउँदै आएको थियो । सरकारले संस्थागत लगानीकर्ताका लागि भने १० प्रतिशतले लाभकर लगाउने गरेको छ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.