बिहीबार, बैशाख १०,२०८३ 11:43:16
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 11:43:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कस्ता कम्पनी पर्छन् ‘ब्लु चिप’को श्रेणीमा ? यी हुन् नेपालका १७ ब्लु चिप कम्पनी

Bizshala
कस्ता कम्पनी पर्छन् ‘ब्लु चिप’को श्रेणीमा ? यी हुन् नेपालका १७ ब्लु चिप कम्पनी
Shivam Cement

काठमाण्डौ । लगानीकर्ताहरुले चाहेको बेला तुरुन्तै बेच्न सक्ने कम्पनीलाई ‘ब्लु चिप कम्पनी’ भनिन्छ । यस्ता कम्पनी स्थापना काल देखिनै लगातार नाफामा गएका हुन्छन् भने सेयरधनीहरुलाई उच्च लाभांश प्रदान गरेका हुन्छन् । यस्ता कम्पनीहरुको ग्रोथ र लाभांशदर लामो समयसम्म एकनास हुने गर्छ ।  

कुनै एक दुई वर्ष मात्रै लाभांश र ग्रोथमा उच्च वृद्धि भएका कम्पनीहरु ब्लु चिप कम्पनीको श्रेणीमा पर्न सक्दैनन् । ब्लूचीप कम्पनीहरुको संस्थागत सुशासन पनि राम्रो हुने गर्छ । यस्ता कम्पनीहरु राम्रो ब्यबस्थापन, बिश्वासिलो वित्तीय अवस्था र उच्च मान्यता प्राप्त ब्राण्डेड कम्पनीको रुपमा चिनिन्छन् । यी कम्पनीहरु कम जोखिम, उच्च र नियमित लाभांश दिने प्रकृतिका हुने गर्छन् ।    

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विश्वमा ब्लुचिप कम्पनीहरुको इतिहास कति लामो ?

विश्वमा ब्लु चिप कम्पनीको इतिहास एक शताब्दी भन्दा पुरानो रहेको छ । सन् १९२३ मा वालस्ट्रिका कर्मचारी ओलिभर गिङगगोल्डले पहिलोपटक स्टकहरुलाई ब्लु , ह्वाइट र रेड पकर चिप कम्पनीको नाम दिएका थिए । जसमा प्रतिकित्ता २ सय डलर भन्दा माथि कारोबार भएका कम्पनीहरुलाई उच्च भ्यालु भएका ब्लुचिप कम्पनी मानिएको थियो ।  

ब्लु चिप कम्पनीहरु देश अनुसार फरक–फरक हुने गर्छन । इन्भेष्टोपेडियाका अनुसार कोकाकोला , पेप्सी को , बर्कशायर हाथवे , अमेजन , नाइकी , आइबिएम , म्याक्डोनल्स , वालमार्ट , क्याटरपिल्लर जस्ता कम्नपीहरु विश्व बजारका ब्लु चिप कम्पनीमा पर्ने गर्छन । त्यसैगरि, इन्भेष्टोपेडियाले नेपालका पनि १७ वटा कम्नपीहरुलाई ब्लु चिप कम्पनीको श्रेणीमा राखेको छ ।

CG Motors
Garima Development Bank
IME remit

बैंक तथा विकास बैंक समूह  

१) नबिल बैंक  

२) मुक्तिनाथ विकास बैंक  

निर्जीवन बीमा

३ ) शिखर इन्स्योरेन्स  

४) सगरमाथा इन्स्योरेन्स  

लघुवित्त

५) छिमेक लघुवित्त वित्तिय संस्था  

६) निर्धन उत्थान लघुवित्त  

७ ) साना किसान विकास लघुवित्त

हाईड्रो पावर  

८ ) चिलिमे जलविद्युत  

९ ) बुटवल पावर कम्पनी  

जीवन बीमा  

१० ) नेपाल लाइफ इन्स्योरेन्स

११ ) लाइफ इन्स्योरेन्स कम्पनी  

अन्य  

१२ ) साल्ट ट्रेडिङ कर्पोरेशन  

१३ ) सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट  

१४ ) नेपाल टेलिकम  

१५ ) बोट्लर्स नेपाल (तराई)  

१६ ) बोटसर्ल नेपाल (बालाजु )

१७ ) हिमालयन डिष्टिलरी  

नोटः यी माथि उल्लेखित कम्पनीहरु लगानीसम्बन्धी अध्ययन गर्ने संस्था इन्भेष्टोपेडियाका अनुसार लेखिएको हो । यो खरिद बिक्रीको लागी सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.