शुक्रबार, श्रावण २,२०८२ 10:04:09
  • शुक्रबार, श्रावण २,२०८२ 10:04:09
Global IME Bank Limited

वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो, राजश्व भने बढ्यो

Hyundai Nepal
वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो, राजश्व भने बढ्यो
Shivam Cement

काठमाण्डौ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाफा भएर डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी(, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

चालु आवमा भएको पेट्रोलियम पदार्थको आयात गत आवको सोही अवधिको तुलनामा ०.८६ प्रतिशतले कम हो । गत आवको १० महिनामा विरगञ्ज नाफामार्फत १ अर्ब ३५ करोड रकमबराबरको  पेट्रोलियम पदार्थको आयात भएको थियो ।  

Muktinath Bikas Bank Limited

चालु आवको आयातमा गिरावट आएपनि राजश्वमा भने उल्लेखनीय वृद्धि भएको छ । चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट ५८ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०.३१ प्रतिशतले वृद्धि भएको हो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.