बिहीबार, बैशाख १०,२०८३ 10:09:00
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 10:09:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उच्च व्यवस्थापनसँग काधमा काध मिलाएर काम गर्न तयार छौं : सेबोन कर्मचारी संगठन अध्यक्ष

Bizshala
उच्च व्यवस्थापनसँग काधमा काध मिलाएर काम गर्न तयार छौं : सेबोन कर्मचारी संगठन अध्यक्ष
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलले उच्च व्यवस्थापनसँग काधमा काध मिलाएर काम गर्न तयार रहेका बताएका छन् । ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा आज आयोजित नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

‘हामी उच्च व्यवस्थापनसँग काधमा काध मिलाएर काम गर्न तयार छौं, तर शर्त यत्ति हो समेट्ने संस्कार हुनु आवश्यक छ’ उनले भने ,‘म संगठनको तर्फबाट उच्च व्यवस्थापनसँग टकराव होइन, सहकार्य चाहन्छु। तर सहकार्य त्यो अवस्थामा सम्भव हुन्छ, जब विश्वास, पारदर्शिता, समान व्यवहार र निष्पक्षता कायम हुन्छ । संगठनको भूमिका केवल माग गर्ने होइन, संस्थाको समग्र हितमा सुझाव दिने र सकारात्मक मार्ग निर्देशन गर्ने पनि हो ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आवाज सुन्ने, बुझ्ने र ट्रेड युनियनकर्मिको रुपमा कार्यस्थलमा सुधारका धेरै सम्भावनाहरू अझै बाँकी रहेको बताए। कहिलेकाहीं आवाज उठाउने गरेको तर त्यो आवाज सुन्ने कान कतै व्यस्त देखिएको समेत उनले गुनासो गरे। ‘जब संस्थाभित्रै कर्मचारीको श्रमको कदर हुँदैन, जब असमानता मौन स्वीकृतिको रूपमा पालिन्छ, तब समर्पणमा पनि चिसोपन आउन थाल्छ । त्यो अवस्था संस्थाका लागि पनि राम्रो हुँदैन,’ उनले थपे, ‘त्यसैले, हामीले समानता, पारदर्शिता र न्यायको संस्कारलाई केवल कागजमा होइन, व्यवहारमा उतार्न अपिल गर्दछौ ।’

पौडेलले परिवर्तित समयसँगै राज्य व्यवस्थामा आएको परिवर्तन र परिवर्तनलाई संस्थागत गर्ने सवालमा पूँजीबजारको भुमिका अझै सशक्त हुने बताए । उनले  विभिन्न दबाब र चुनौतिबीच बोर्डले अहिले विषम परस्थितिको सामना गरिरहेको बताए। विश्वव्यापी पूँजीबजारको विकासमा गुणात्मक परिवर्तन आईरहेको सन्दर्भमा नेपालको पूँजीबजार भने सीमिततामा अल्झिनु विडम्बना मात्र नभई दुखद भएको उनको भनाई थियो  ।  

CG Motors
Garima Development Bank
IME remit

‘त्यसका लागि हामि कर्मचारीहरुका साथसाथै संम्वद्ध सरोकारवाला सबै पक्षहरु एकजुट हुन आवश्यक छ । बोर्डको गरिमा मा आँच आउन नदिन हामि एकत्रित हुनुपर्ने समय आएको महसुस भएको छ,’ उनले भने ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.