काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ६ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ बोनस सेयर गरी कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गरेको थियो । सोृही मध्येको १.२४८९ बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब भोलिको कारोबारदेखि यो सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।