बिहीबार, बैशाख १०,२०८३ 08:01:44
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 08:01:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हालको बजार गिरावट मनोवैज्ञानिक दबाव, अफवाह र अल्पकालीन डरको परिणाम

Bizshala
हालको बजार गिरावट मनोवैज्ञानिक दबाव, अफवाह र अल्पकालीन डरको परिणाम
Shivam Cement

–तारा प्रसाद फुल्लेल 

अहिलेको परिप्रेक्ष्यमा नेपालको सेयर बजार घट्नु पर्ने कुनै ठोस आर्थिक वा राजनीतिक कारण छैन । कुनै ठूलो आर्थिक संकट, बैंकिङ क्षेत्रको अस्थिरता वा विदेशी लगानीमा उल्लेखनीय गिरावट आएको छैन । महँगाई नियन्त्रणमा रहेको देखिन्छ र बैंक ब्याजदरहरूमा पनि कमि आऊनुको साथै सन्तुलनमा देखिन्छ अनि तरलता प्रसस्त छ । सरकार र नेपाल राष्ट्र बैंकबाट क्रमशः नीतिगत सुधारका निर्णय आऊँदै छन जसले सेयर बजारमा नकारात्मक प्रभाव नपर्नु पर्ने हो ।  

गिरावटको स्पष्ट कारण नदेखिँदा अफवाह फैलिन्छ, बजार बिना कारण तल जान थाल्छ, लगानीकर्तामा शंका उत्पन्न हुन्छ । यसले अफवाहलाई मलजल हुन्छ । सामाजिक सञ्जालको भूमिका बजारमा भय सिर्जना गर्ने समाचार वा अनुमानले धेरैपटक बजारको मूड बिगार्ने गर्छ । सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण विश्लेषणले लगानीकर्ताको मनोबल घटाउँछ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

जब सामान्य लगानीकर्ताले अन्य लगानीकर्ताले सेयर बेचिरहेको देख्छन्, उनीहरूले पनि नबुझी बेच्न थाल्छन् । यसले बजारलाई अस्वाभाविक रूपमा तल धकेल्न सहयोग गर्छ ।  

निष्कर्षः हालको बजार गिरावट कुनै ठोस आधारमा नभई मनोवैज्ञानिक दबाव, अफवाह र अल्पकालीन डरको परिणाम हो । यस्तो अवस्थामा दीर्घकालीन लगानी दृष्टिकोण राख्नेहरूका लागि अवसर पनि हुन सक्छ । 

( फुल्लेल सेयर लगकनीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष हुन् )

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.