काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।
सो प्रतिशत दरका कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । नेप्सेमा अब कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ६९ लाख १५ हजार ३२५ पुगेको छ ।
उक्त सूचीकृत हकप्रद सेयर आइतबारदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।