आईतवार, श्रावण २४,२०८३ 07:24:31
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 07:24:31
Bizshala
Global IME Bank Limited

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैक र छिमेक लघुवित्त
New Office

काठमाण्डौ । प्रभु बैक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेका छन् ।

प्रभु बैक लिमिटेडको ९ हजार ८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।

कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैकको सेयरको न्यूनतम मूल्य प्रति कित्ता रु १०० र छिमेक लघुवित्तको लागि सेयरको न्यूनतम मूल्य प्रति कित्ता रु ३९० तोकेको छ ।

सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैक लिमिटेडको न्यूनतम १ हजार कित्ताको लागि र  छिमेक लघुवित्तको लागि न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिनुपर्ने छ ।

आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ÷संस्था ,कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.