बुधबार, असार ४,२०८२ 11:12:04
  • बुधबार, असार ४,२०८२ 11:12:04
Global IME Bank Limited

भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने

Hyundai Nepal
भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने
Nabil Bank Limited

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा यही असार ६ र ७ गते भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र असार ८ गते स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने भएको छ ।  

भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, कमलविनायकस्थित स्टार बैंक्वेटमा मेला हुन लागेको हो । मेलामा करिव ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।  

मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, चित्रकला, मूर्तिकलाको प्रदर्शनी लगायतका स्टलहरु रहने छन् । यसैगरी, मेलामा स्थानीय खानाका स्टलहरु समेत रहने छन् । मेलामा ४० भन्दा बढी स्टल रहने छन् । जसमध्ये शत प्रतिशत बुकिङ भइसकेको छ । मेलामा भक्तपुर जिल्ला लगायत छिमेकी जिल्लाबाट पनि उल्लेखनीय स्टल सहभागिता रहनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मेलामा स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्र, मूर्ति बनाउने कार्य प्रत्यक्ष रुपमा प्रदर्शनी हुनेछ । मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको छ ।

मेलाका लक्षित आगन्तुकहरुमा विशेषगरी आन्तरिक तथा वाह्य पर्यटकहरु, दैनिक उपभोग्य सामग्रीका उपभोक्ताहरु, हस्तकला व्यवसायीहरु, थोक तथा खुद्रा व्यवसायीहरु, विभिन्न संघ संस्थाहरु, सरकारी निकायहरु, स्थानीय खानाका पारखीहरु, बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरु, विद्यार्थीहरु लगायत रहेका छन् ।  

मेलामा प्रदर्शन गरिएका सामग्रीहरुको सुरक्षार्थ २४ सैं घण्टा सुरक्षा गार्डहरु मेला परिसर भित्र तैनाथ हुने छन् भने रु. १ करोडसम्म बीमा व्यवस्था गरिएको छ । मेला व्यवस्थापनका लागि स्वयंसेवकहरु पनि खटिने छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघ मेलाको सहयोगी निकाय रहेको छ । मेलाको प्रवद्र्धकमा चाँगुनारायण नगरपालिका कार्यालय रहेको छ भने सोसियल पार्टनरमा लायन्स इन्टरनेसनल र ब्लड डोनर्स एशोसिएसन नेपाल रहेका छन् । सञ्चार साझेदारका रुपमा ङातापोल एक्सप्रेस दैनिक, नमस्ते ख्वप एचडी, भक्तपुर एफएम र भादगाउँ टेलिभिजन रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरका रुपमा युनाइटेड अजोड इस्योरेन्स लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् भने इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्राइभेट लिमिटेडले मेला व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ ।  

मेला अवलोकनको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेला अवधिभर प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम समेत राखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.