काठमाण्डौ । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको हो।
एक मन्त्रीका अनुसार उक्त समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सहभागी रहनेछन्।
समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ।