बिहीबार, बैशाख १०,२०८३ 02:18:17
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 02:18:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्भेष्टमेन्ट कम्पनीका सहायक कम्पनीले पनि दोस्रो बजारमा सेयर किन्न नपाउने

Bizshala
इन्भेष्टमेन्ट कम्पनीका सहायक कम्पनीले पनि दोस्रो बजारमा सेयर किन्न नपाउने
Shivam Cement

काठमाण्डौ । अघिल्लो साता धितोपत्र बोर्डले आईपीओमा गएका इन्भेष्टमेन्ट कम्पनीहरुको कार्यक्षेत्र बढाउने व्यवस्था गरेको थियो । अब आईपीओमा गएका इन्भेष्टमेन्ट कम्पनीले संगठित संस्था/उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयर खरिद गर्न सक्नेछन् ।

तर अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो बजारमार्फत धितोपत्र खरिद गर्न भने पाउने छैनन् । यो व्यबस्थाले लगानी क्षेत्रमा रहेका नीजि लगानीका ४ कम्पनीहरुलाई दोस्रो बजारमा सेयर किन्न रोकेको छ । तर यी कम्पनीहरुले सिधै सेयर खरिद गर्न नमिल्ले भए पछि सहायक कम्पनी खोलेर ती कम्पनीमार्फत सेयर खरिद गरेको अवस्थामा अब धितोपत्र बोर्डले त्यसो गरे कारवाही गर्ने भएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले लगानी कम्पनी तथा ती कम्पनीका कुनै पनि सहायक कम्पनीले दोस्रो बजारमा सेयर खरिद गर्न नपाउने बताए । ‘लगानी कम्पनीहरुको उद्देश्य नै फरक हो । उनीहरुले घुमाउरो बाटोबाट दोस्रो बजारमा सेयर खरिद गर्न मिल्दैन । यदि त्यस्तो भेटिएमा धितोपत्र बोर्डले कारबाही गर्छ । तर यि कम्पनीहरुले बुक बिल्डिङ बिधिबाट भने सेयर खरिद गर्न सक्नेछन्,’ उनले भने ।  

यस विषयमा बोर्डले अध्ययन गरिरहेको पनि न्यौपानेले जानकारी दिए । हाल लगानी क्षेत्रमा ७ वटा कम्पनी रहेका छन् । जसमा ३ जटा सरकारी र ४ वटा नीजि क्षेत्रबाट गएका लगानी समूहमा रहेका छन् । निजि क्षेत्रमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ , इमर्जिङ नेपाल तथा हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेका छन् ।  

केही समय पहिले एनआरएन इन्फ्रास्ट्रक्चरले अक्सन मार्केटबाट नै सेयर खरिद गरे पछि धितोपत्र बोर्डले कारबाही गरेको थियो । अझै पनि यी कम्पनीहरुले सोझै दोस्रो बजारबाट सेयर खरिद नगरेर सहायक कम्पनी मार्फत दोस्रो बजारमा सेयर खरिद गर्ने गरेको र केही कम्पनी उचालेर सर्वसाधारणलाई भिडाउने गरेको गुनासो नियामक निकायमा पर्न थालेको छ । यिनै गुनासोको आधारमा धितोपत्र बोर्डले यी कम्पनीका सहायक कम्पनीहरुलाई पनि सुक्ष्म अध्ययन गरेको धितोपत्र बोर्ड स्थित स्रोतले जानकारी दियो ।  

 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.