काठमाण्डौ । स्प्यारो एसएमएसले पुनः एकपटक राष्ट्रिय परीक्षा बोर्डसँगको साझेदारीमा २०८१(२०८२ को एसईई नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा उपलब्ध गराउने भएको छ। यसले गर्दा अब नतिजाको दिन सुस्त इन्टरनेट वा वेबसाइट नचल्ने जस्ता समस्याको चिन्ता लिनु नपर्ने स्प्यारो एसएमएसले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक नतिजा साझेदारको रूपमा, हामी हरेक विद्यार्थीले, चाहे उनीहरू सहरमा हुन् वा दुर्गम गाउँमा, नतिजा सार्वजनिक हुने बित्तिकै प्राप्त गर्न सकुन् भन्ने सुनिश्चित गर्न लागिपरेको कम्पनीले जनाएको छ। यसका लागि केवल एउटा मोबाइल फोन भए पुग्छ र जुनसुकै मोबाइल भए पनि हुन्छ।
एसएमएसबाट यसरी प्राप्त गर्न सकिन्छ सजिलै आफ्नो नतिजा
१. आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्
२.एसइई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेख्नुहोस्।
३. र यसलाई ३५००१ मा पठाउनुहोस्
तपाईंको नतिजा तुरुन्तै तपाईंको मोबाइलमा एसएमएसमार्फत आउनेछ। यो एकदमै सरल, छिटो र भरपर्दो छ। स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज थापाले आफ्नो धारणा राख्दै भने, ‘नतिजाको दिन विद्यार्थी र उनीहरूका परिवारका लागि एक महत्त्वपूर्ण दिन हो। यस्तो बेलामा वेबसाइट नचलेर हुने झन्झट कसैले पनि भोग्नु नपरोस्। हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूलाई शान्त र छिटो तरिकाले आफ्नो नतिजा प्राप्त गर्ने अवसर दिनु हो। हामी विद्यार्थीहरूलाई उनीहरूको नतिजासँग भरपर्दो रूपमा जोड्ने माध्यम बन्न पाउँदा खुसी छौँ।’