काठमाण्डौ । अर्थ मन्त्रालयअन्तर्गत रहेको महालेखा नियन्त्रकमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थमन्त्रालयका सुचना अधिकारी अम्बिका प्रसाद खनालका अनुसार पौडेलले बुधबार कार्यभार सम्हालेका हुन् ।
उनलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले महालेखा नियन्त्रक नियुक्त गरेको खनालले जानकारी दिए । पौडेल यस अघि नेपाल स्टक एक्सचेञ्जमा अध्यक्षको जिम्मेवारीमा पनि रहेका थिए ।