शुक्रबार, असार २०,२०८२ 11:57:12
  • शुक्रबार, असार २०,२०८२ 11:57:12
Global IME Bank Limited

नेपाल–यूके लगानी बैठक सम्पन्न

Hyundai Nepal
नेपाल–यूके लगानी बैठक सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाल जर्मन उद्योग वाणिज्य संघ र नेपाल सेन्टर यूकेसँगको संयुक्त सहकार्यमा नेपाल–यूके लगानी बैठकको आयोजना भएको छ । सो बैठक २०२५ जुलाई २ मा लन्डनस्थित हाउस अफ लड्र्समा सम्पन्न भएको हो ।

बैठकको उद्देश्य नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्भावनाबारे छलफल गर्नु र लगानी प्रवद्र्धन गर्नु रहेको थियो ।

बैठकमा नेपाल तथा बेलायत सरकारका उच्च तहका अधिकारीहरू तथा वरिष्ठ व्यवसायीहरूको सहभागिता थियो ।  लगानी बोर्ड नेपाल (आईबीएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुषिल ज्ञवालीले नेपालका ऊर्जा, पर्यटन र पूर्वाधार जस्ता क्षेत्रहरूमा रहेको लगानी सम्भावनाको बारेमा जानकारी गराए । उनले नेपालले लगानीमैत्री वातावरण सुधार गरिसकेको बताउँदै अहिलेको समयमा विदेशी लगानीकर्ताहरूका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गरे ।

ज्ञवालीले नेपालले प्रक्रियाहरू सरल बनाइसकेको तथा विभिन्न आकर्षक प्रोत्साहनहरू पनि प्रदान गरिरहेको जानकारी दिए ।

CG Motors
Muktinath Bikas Bank Limited

उनले जलविद्युत, विमानस्थल आधुनिकीकरण तथा आतिथ्य क्षेत्र (हस्पिटालिटी) मा लगानी भित्राउने प्रक्रियामा रहेको जनाउँदै बेलायती लगानीकर्ताहरूलाई नेपालका असीमित सम्भावनाहरू उपयोग गर्न आग्रह गरे । सोही बैठकमा बारोनेस वर्माले नेपाल भारत र चीनको बीचमा रणनीतिक रूपमा अवस्थित भएकाले लगानीका लागि उपयुक्त गन्तव्य भएको विचार राखिन् । उनले बेलायती व्यवसायहरूले पनि नेपाललाई महत्वपूर्ण लगानी गन्तव्यको रूपमा लिनुपर्ने आवश्यकता औंल्याइन् ।

त्यसैगरी बेलायतस्थित उद्यमीहरूले लगानीमैत्री सुधारहरूलाई प्रशंसा गरे तापनि कार्यान्वयनमा देखिने चुनौतीहरूबारे पनि चिन्ता व्यक्त गरे । लन्डनमा आधारित प्रविधि उद्यमी जर्ज चाकोले नेपालका नीतिहरूलाई आशाजनक भनेका थिए तर कार्यान्वयनमा निरन्तरता आवश्यक रहेको सुझाब पनि दिए ।

‘गिनी लन्डन’ का रविन्द्र जंग लामिछानेले लगानीका क्रममा देखिने विभिन्न प्रशासनिक झन्झटहरूको विषयमा बताए । बैठक आयोजना गर्न सहजीकरण नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले गरे । उनले इच्छुक सबै लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोध गर्दै नेपाल विदेशी लगानीका लागि आशाजनक गन्तव्य बन्दै गएको बताए ।

बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले गम्भीर लगानीकर्ताहरूलाई आवश्यक सहयोग प्रदान गर्न दूतावास तयार रहेको बताए । उनले नेपालमा रहेकालगानी सम्भावना तथा लगानीलाई दिगो र आकर्षक बनाउने उपायहरूबारे प्रकाश पारे ।

बैठकमा बेलायत–नेपाल सहकार्यका सफल उदाहरणहरू पनि प्रस्तुत गरिएको थियो, जसमा फेसन डिजाइनर संयुक्ता श्रेष्ठले आफ्नो अनुभव सुनाएकी थिइन् । नेपाल सेन्टर यूकेका निर्मल कुमार थापाले उक्त लगानी संवादले नेपाल–यूकेबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बेलायती व्यापार प्रतिनिधिमण्डल यसै वर्ष काठमाण्डौ भ्रमणमा आउने अपेक्षा रहेको पनि जानकारी गराए । थापाले विभिन्न बेलायती कम्पनीहरूले नेपाली व्यवसायमा चासो देखाइरहेका संकेतहरू प्राप्त भएको बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.